STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७५ चैत्र १०, आइतबार

    नेपाल आइडललाई राउटेको ढाका टोपी

    गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आउनुभएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुग्नुभयो । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आउनुभएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी हुनुभएको हो । यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र ¥यापर भि–...

  • २०७५ चैत्र ७, बिहिबार

    तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

    समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।...

  • २०७५ चैत्र ६, बुधबार

    अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा फुल्चोकी मिडियाका सञ्चालक,मोडल परी तामाङ पक्राउ

    अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले मङगलबार कलङ्कीबाट पक्राउ गरी साइवर क्राइम अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७५ चैत्र ६, बुधबार

    रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग

    रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ । आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा...

  • २०७५ फाल्गुण २७, सोमबार

    चर्चित गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम हुने

    ज्ञानमाला भजन संग्रह २१ औं संस्करण सार्वजनिक, ज्ञानमाला मंगलहेरा पुरस्कार वितरण ज्ञानमाला भजन खलः स्वयम्भूको तीर्थनारायण महर्जनको सभापतित्वमा स्वयम्भू वना पासा मुना मंकाः ग्वाहालि पुचःको आयोजनामा चर्चित कर्णप्रिय स्वरकी धनी गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ हुनेभएको छ । गायिका रत्नशोभा महर्जनको एकल कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ प्रस्तुतिको...

  • २०७५ फाल्गुण २६, आइतबार

    प्रकाश दीपको ३ वटा गीति संग्रह सार्वजनिक

    गीतकार दीप ४ दशकदेखि सक्रिय रहँदै आउनु भएका गीतकार प्रकाश दीपको एकल रचनामा चौबन्दी चोलो, गोरी गोरी अलि काली काली र परदेशी दाजै गीति संग्रह सार्वजनिक गरिएको छ । चौवन्दी चोलो गीति संग्रहमा मुक्ति एण्ड रिभाइभलको चौवन्दी चोलो गीतका साथै अनिल शाक्य, विरेन शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ, नविन कार्की, सत्यनारायण प्रजापति, मदनसिँह नेपालीको संगीत संग्रहित छन् भने मुक्ति शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ,...

  • २०७५ फाल्गुण २३, बिहिबार

    अब नायिका आशिष्मा नकर्मी पनि विज्ञापनमा

    नेपालभाषा तथा खस नेपाली चलचित्रका चर्चित नायिका आशिष्मा नकर्मी हिजोआज चलचित्रको अलावा विभिन्न उत्पादनका विज्ञापनहरुमा व्यस्त हुन थालेकी छिन्। नेपालभाषा चलचित्रका चर्चित नायिका बनिसकेकी नकर्मीले पछिल्लो पल्ट गोल्डेन डायमण्ड एण्ड ज्वेलरीको विज्ञापनमा मोडलिङ गरेकी छन् । सुन र डायमण्ड जनजीवनसंग सम्बन्धित महत्वलाई दर्शाउन र त्यसको आवश्यकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्य अनुरुप उक्त विज्ञापनमा...

  • २०७५ फाल्गुण १६, बिहिबार

    ‘नाटक हेर्छ पोखरा’

    गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व नाट्यघरमा बुधबारदेखि शुरु भएको पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव जारी छ । महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्धारा लिखित ‘निरमाया’ नाटक प्रस्तुत गरिएको थियो । ‘नाटक हेर्छ पोखरा’ भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठान चाँडै गठन गर्ने तयारी रहेकोे...

  • २०७५ फाल्गुण १५, बुधबार

    गायक सञ्जय उपमन्यु पाण्डेले ल्याए पिरतीको पब्जी गित

    पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ । यहि खेललाई पिरतीको पब्जी गित मार्फत श्रोता माझ गायक सञ्जय उपमन्यु पाण्डेले ल्याएका छन् । संगीतमा एमए गरेका गायक पाण्डेको एक पछि उत्कृष्ट गितहरु श्रोता माझ आइरहेका छन् । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमन्यु पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन्...

  • २०७५ फाल्गुण १४, मंगलबार

    उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई

    दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आज यहाँ सम्पन्न भयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ ९निब्दो मैनवत्ती० ले हात पारेको छ । नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गर्नुभएको हो । यसैगरी केसीले नै...

  • २०७५ फाल्गुण १३, सोमबार

    कलाकार प्रियंका र आयुशमान स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त

    नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियन्ता नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियन्ताद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही साताअघि मात्र सामाजिक काममा...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    चलचित्र महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हिजो दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको पूर्व र्पधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । विहिवार राष्ट्रियसभा गृहमा प्रमुख अतिथी रहेको दाहालले महोत्सवको एक डमी अनावरण गरी महोत्सवको औपचारिक उद्घाटन गरेका हुन । उद्घाटनपछि हिजो देखि महोत्सव सुरु भएको वरिष्ठ सिने पत्रकार तथा महोत्सव आयोजक संंस्थ्थाका उपााध्यक्ष...

Pages