STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मच्छिन्द्रनाथको जात्रा सकियो ः पर्यटक घटेनन्

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

पाटन सङ्ग्रहालयमा गत वर्ष असारको तुलनामा यस वर्ष पर्यटक हवात्तै बढेका छन् । यही असार ८ गतेदेखि सङ्ग्रहालयमा शुरु भएको रातो मच्छिन्द्रनाथ रथको अस्थायी प्रदर्शनी हेर्न स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन भएसँगै पर्यटक बढेका हुन । यस वर्ष असार ८ गतेदेखि दैनिक सरदर सात सय पर्यटकले सङ्ग्रहालय भ्रमण गर्दै आएको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो । लाखेले भन्नुभयो, “गत वर्ष असारमा सरदर दैनिक ६३० जना पर्यटकले सङ्ग्रहालय भ्रमण गरेका थिए । गत वर्ष असारको तुलनामा यस वर्ष असार २१ गतेसम्म १२ प्रतिशत बढी पर्यटकले पाटन सङ्ग्रहालय अवलोकन गरिसकेका छन् ।” सङ्ग्रहालयले यस वर्ष पाटनको संस्कृतिबारे प्रचारप्रसार गराउने उद्देश्यका साथ रातो मच्छिन्द्रनाथ रथको ४० दिने अस्थायी प्रदर्शनी शुरु गरेको हो । प्रदर्शनी अवलोकनका लागि काठमाडौँ उपत्यकाका २० भन्दा बढी विद्यालयका बालबालिका आएको बताइएको छ । प्रदर्शनी शुरु भएको १४ दिनमा आठ हजार ४२४ पर्यटकले सङ्ग्रहालयले अवलोकन गरिसकेका छन् । सङ्ग्रहालयको केशवनाराण चोकमा भइरहेको सो प्रदर्शनी आगाम साउन १८ गतेसम्म चल्नेछ । सो अस्थायी रथको निर्माण पाटनका कलाकार मुक्ति महर्जनले गर्नुभएको हो । अस्थायी रथ २७ इन्च लामो बेतबाँसको प्रयोग गरी निर्माण भएको छ । सङ्ग्रहालयले अस्थायी प्रदर्शनीमा वास्तविक मच्छिन्द्रनाथको रथमा प्रयोग गरिने सामग्री पाङ्ग्रा, भैरवको मकुण्डो, कर्कोट नाग अडिएको पाता, पाटनवासीले रथ निर्माण गर्दा गरेको योेगदान र नेवारी परम्पराबारे जानकारी गराइरहेको छ । नेपालको सबैभन्दा लामो जात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको जात्रा करीब एक हजार तीन सय वर्ष पुरानो मानिन्छ ।
Categorized in सिनेमा