STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

“किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा आकर्मण गर्ने क्रममा कीर्तिपुरमा हमला गर्दा त्यहाँ कीर्तिलक्ष्मी नाम गरेकी वीरांगनाले देखाएको वीरताको कथामा आधारित नेपाली चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी आउदो असार १३ गते बाट देशभर प्रदर्शन गर्ने मिति तय गरिएको छ । यसै क्रममा साहित्यकार बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित सो कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक यस पोस्टर हेर्दा चलचित्र ऐतिहासिक बनेको जस्तो देखिन्छ । राजा शाशन र दरबारको जीवनीलाइ आधार मानिएर बनाएको जस्तो देखिन्छ । यस चलचित्रलाइ बिरेन्द्र ताम्राकार ,प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका छन भने चलचित्रमा ​प्रदिप खड्गीको सम्बाद,के।के मानन्धरको पटकथा,संबाद, ​शंकर महर्जनको छायांकन , ​नविन जोशीको सहायक छाँयाकन रहेको छ । प्रदिप खड्गीले निर्देशन गरेको यस ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मीका धेरै द्रिश्यहरु भिएफएक्सको माध्यमबाट तयार गरिएको छ भने यसमा राजमति चलचित्र कि नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शिर्ष भुमिका निर्वाह गरेकी छन् । यसमा एस राज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जला नकर्मीको अभिनय रहेको छ । यस चलचित्रलाई भने ​रिच इन्टरटेन्मेण्ट प्रा।लीका करन श्रेष्ठले वितरण गर्ने भएको छ ।
Categorized in सिनेमा