STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कान्तिपुर फिल्म एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार

कान्तिपुर फिल्म एकडेमीले असार २४ गते एक कार्यक्रमका बीच तेस्रो ‘फिल्म स्क्रिनिङ्ग एन्ड ग्राजुएसन’ कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यक्रममा विभिन्न विधाहरुमा अध्यापन गराउँदै आएको थापागाउँमा अवस्थित एकेडेमीले फिल्म डाइरेक्सन, फिल्म एक्टिङ्ग, फिल्म एडिटिङ्ग र सिनेम्याटोग्राफीमा १ बर्षे डिप्लोमा कोर्स गरेका ३९ जना विद्यार्थीहरुलाई दिक्षित गर्दै दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो दिक्षान्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि हरुमा चलचित्र व्यवसायी नरेन्द्र महर्जन, निर्देशक रमेश बुढाथोकी, चलचित्र वितरक गोपालकाजी कायस्थ, अभिनेता मुकुन भुषाल “चोपेन्द्र”, छायाकार दिपक बज्राचार्य, निर्देशक नवल नेपाल, छॉयाकार बिष्णु कल्पित, निर्देशक प्रदिप श्रेष्ठ, चलचित्र पत्रकार एवं निर्देशक विजय रत्न तुलाधरलगायत उपस्थिति थिए । यसरी विशिष्ट चलचित्रकर्मीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा दिक्षान्त भएका विद्यार्थीहरुले बनाएका ७ वटा फिल्महरु पनि प्रदर्शन गरिएको थियो । जसमा अनुरुद्ध दुवाडीको “अर्धलिखीत”, सृजना लिम्बुको “देवकी”, महेश ।दाहालको “रिभर्स”, निम बहादुर बस्नेतको “हलो”, दिपेन्द्र सुनारको “डिस्टान्ट एन्ड द ड्रिम”, आशिस भण्डारीको “पेन्सील” र पवन थापा मगरको “द बोस” प्रदर्शन गरिएको थियो । यो वर्ष चौथो समुहलाई दिक्षित गरिएको हो भने हरेक बर्ष गरिने यस खालको कार्यक्रममा विद्यार्थीहरुको काम हेर्न पाइने, उनीहरुलाई चलचित्र क्षेत्रको अवसर र चुनौतीहरुको बारेमा बुझाउनसँगै राम्रो गर्नेहरुलाई हौसला पनि मिल्ने एकेडेमीका सिइओ प्रकाश पुरीले बताए । उक्त एकेडेमीका अध्यक्ष छवि राज ओझाले स्थापना भएको छोटो समयमै फिल्म सम्बन्धि अध्ययन गर्न चाहने विद्यार्थीहरुको पहिलो रोजाइ बनेको कान्तिपुर फिल्म एकेडेमीमा नेपाली चलचित्र क्षेत्रका परिचित चलचित्रकर्मीहरुले अध्यापन गराउँदै आएको र त्यसबाट लाभान्वित भइरहेको बताए ।
Categorized in सिनेमा