राष्ट्रिय
-
२०७६ माघ १४, मंगलबार
अग्र्यानिक नगर बनाउन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको निर्माण
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको काम अन्तिम चरणमा पुगेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अग्र्यानिक नगर बनाउने उद्देश्यले शुरु गरिएको उक्त निर्माणाधीन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगका लागि आवश्यक मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल र वायोग्याँस उत्पादन शुरु हुने जनाइएको छ । उद्योगका लागि...
-
२०७६ माघ १४, मंगलबार
वन्यजन्तुको तथ्याङ्क संकलनः दश चितुवा भेटिए
पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको हो । प्राप्त प्रारम्भिक तथ्याङ्कमा चितुवा, बाँदर, वनकुखुरा, ढुकुर, मृगलगायतका वन्यजन्तु ठूलो मात्रा रहेको देखिन्छ । गाउँपालिकाको अधिकांश वन क्षेत्रमा बाँदर, मृग र स्याललगायतका...
-
२०७६ माघ १४, मंगलबार
मन्दिर निर्माणका लागि रु दश लाख सहयोग
कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु १० लाखको चेक हस्तन्तरण गरिएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाको तर्फबाट रु १० लाखको चेक मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशराज पन्तलाई सोमबार हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख चौधरीले मन्दिर निर्माण भएपछि यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । रु दुई करोड ५० लाखको लागतमा...
-
२०७६ माघ १४, मंगलबार
राजश्व छली रोक्न २१ पाइले अभियान
राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिनुभएको हो । “हेर्नुहोस्, राजश्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन”, प्रमुख बिसीले भन्नुभयो, “राजश्व छल्ने सबै ढुवानीका साधन राजमार्गबाटै...
-
२०७६ माघ १४, मंगलबार
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे । मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले...
-
२०७६ माघ १४, मंगलबार
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको केही समयमै बन्द भएको सो उद्योग १७ वर्षदेखि बन्द छ । उद्योगको कार्यालय र भवनहरु जङ्गल र झाडीले छोपिएपछि...
-
२०७६ माघ १४, मंगलबार
सप्तरीमा एक हजार छोरी बीमित
प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने...
-
२०७६ माघ १४, मंगलबार
कृषि क्षेत्रको जागिरे अनुभव गाउँमै सदुपयोग
बागलुङ नगरपालिका–८ सिगानाका कृषक हरिबहादुर जिसीले विसं २०४६ मा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले कृषि अनुसन्धान केन्द्रमा जागिर थाल्नुभयो । कृषि अनुसन्धान केन्द्रमा लोभलाग्दो कृषिको व्यावसायिकता देखेपछि आफ्नै गाउँघरमा केही गर्ने सोच हरिबहादुरको मनमा आयो । अनुसन्धान केन्द्रको कृषिकर्मको छ वर्षको अनुभवका साथ विसं २०५२ मा जागिर छाडेर जिसी गाउँ फर्कनुभयो । गाउँमै व्यावसायिक तरकारी खेती...
-
२०७६ माघ १४, मंगलबार
गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्ड
बाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तरबाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको शुरुआत गरेको हो । पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जनगुनासो...
-
२०७६ माघ १४, मंगलबार
प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत
प्रदेशसभा नं २ मा सहमतीय राजनीति अघि बढ्ने सकारात्मक सङ्केत बढेको छ । सरकार सञ्चालनकै लागि पनि कुनै एक दलको स्पष्ट बहुमत नरहेको प्रदेशसभामा दुईतिहाइ मत चाहिने प्रदेश राजधानी र नामकरणको विषयमा अब आम सहमति बन्ने सकारात्मक सङ्केत देखिएको हो । पाँच महिनाअघि प्रदेशसभा सचिवालयमा दर्ता भएर छलफल नै बढ्न नसकेको प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको संसदीय विशेष समितिले नयाँ सहमति बनाउन थालेपछि यहाँ...
-
२०७६ माघ १४, मंगलबार
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय ः प्रवक्ता श्रेष्ठ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ एमसिसी सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उहाँले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पार्नुभयो । गत पुस ७ गते सम्पन्न...
-
२०७६ माघ १४, मंगलबार
हिन्दू र मुस्लिमका सद्भाव ‘मुसबेटवा बाबा’
बाँकेको खजुरा गाउँपालिका–३ मा मुसबेटवा बाबाको मन्दिर छ । यस मन्दिरले हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको छ । मनोकांक्षा पूरा विश्वासका कारण दुवै समुदायका व्यक्ति यस मन्दिरमा दर्शन गर्न पुग्छन् । मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास हिन्दू र मुस्लिम दुवै समुदायमा छ । सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दू र मुस्लिम दुवै धर्मालम्बीको भीड लाग्ने गर्छ ।...


