राष्ट्रिय
-
२०७६ माघ १६, बिहिबार
शान्ति र विकासमार्फत शहीदप्रति सच्चा सम्मान
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येयलाई आत्मसात् गर्न सबैमा आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले २००७ सालदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ...
-
२०७६ माघ १६, बिहिबार
पूर्ण सरसफाइ अभियान शुरु
बिर्तामोड नगरपालिकासहित गौरीगञ्ज र कमल गाउँपालिकाका १४ वडामा ‘नमूना पूर्ण सरसफाइ अभियान’ शुरुआत गरिएको छ । अभियानअन्तर्गत ती वडालाई पूर्ण सरसफाइ उन्मुख बनाइने भएको छ । सन् २०३० सम्ममो देशलाई नै पूर्ण सरसफाइ उन्मुख बनाउने सरकारी लक्ष्यअनुसार तीन स्थानीय ती वडाका १५ बस्तीमा नमूनाका रुपमा पूर्ण सरसफाइ अभियानको काम शुरुआत गरिएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोम आचार्यले...
-
२०७६ माघ १६, बिहिबार
शहीदको योगदान सधैँ स्मरणीय छ ः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको छ भन्नुभयो । सन्देशमा भनिएको छ, “स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ...
-
२०७६ माघ १६, बिहिबार
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् ः २३ हजारलाई मृत्युबाट जोगाइने
आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया’ पूर्वसन्ध्यामा सो आँकलन प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वमा पहिलोपटक सो...
-
२०७६ माघ १६, बिहिबार
शहीदको सपना पूरा गर्न लाग्नुपर्छ ः नेता सिंह
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उहाँले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताउनुभयो ।“२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन...
-
२०७६ माघ १६, बिहिबार
कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण हुने
कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो । सङ्घका अध्यक्ष धनबहादुर...
-
२०७६ माघ १५, बुधबार
पहिचानविहीन सात जनजाति समुदाय
झापामा अल्पसङ्ख्यामा रहेका सात आदिवासी समुदाय सरकारको जनजाति सूचीमा छुटेका पाइएको छ । आफ्नै भाषा, संस्कृति र भूगोल भएका मुण्डा, पाहान, खडिया, ग्वाल, कँवर, रौतिया र मालपाँडे जातीय समुदाय जनजातिको सरकारी सूचीकरणमा छुटेका नेपाल मुण्डा उत्थान समितिका सल्लाहकार एवं आदिवासी नेता बन्धन मुण्डाले बताउनुभयो । अरु पनि थुप्रै जाति अस्तित्वमा रहेका र राज्यले पहिचान नदिएको उहाँको भनाइ छ । “हामीले धेरैपटक आवाज...
-
२०७६ माघ १५, बुधबार
कोटगाउँ–रायखोर सडक निर्माण शुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, कोटगाउँ–रायखोर सडक निर्माणकार्य शुरू भएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत रु ५० लाखको लागतमा मङ्गलबारदेखि सडक विस्तार शुरु गरिएको हो । गाउँपालिकाको विकट पाखपानीको रायखोर मूलपानी, उल्लेरी क्षेत्र जोड्ने गरी सडक विस्तार शुरु भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जा मगरले जानकारी दिनुभयो । पहिलो चरणमा चार किलोमिटरसम्म सडक विस्तार हुने कोटगाउँ–रायखोर सडक निर्माण...
-
२०७६ माघ १५, बुधबार
बाल यौन शोषण ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक
बाल यौन शोषण र दुव्र्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६।४ अङ्क प्राप्त गर्दै नेपाल ६ देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश ३५।३० र पाकिस्तान २८।६ भन्दा माथि तर भारत ५८।२ र श्रीलङ्का ५१।५ रहेका छन् । बालबालिकाको यौन शोषण अन्त्य गर्ने प्रतिबद्धताका साथ विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिपिएटी,...
-
२०७६ माघ १५, बुधबार
थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन
बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय जिप्रका ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन ग¥यो । उपभोक्ताको गुनासो आएपछि थापा फुड्स...
-
२०७६ माघ १५, बुधबार
पर्वतमा पहिलो पटक लगानी बहस आयोजना
जिल्लामा नयाँ व्यावसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि बिहीबार लगानी बहस कार्यक्रम आयोजना गर्न लागिएको हो । पछिल्लो समयमा साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानी सुनिश्चित गर्न बहस कार्यक्रम आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । पर्वतमा खानी...
-
२०७६ माघ १५, बुधबार
कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ
नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो । नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले तीनवटै सरकारको उच्च...


