relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ माघ १४, मंगलबार

    वन्यजन्तुको तथ्याङ्क संकलनः दश चितुवा भेटिए

    पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको हो । प्राप्त प्रारम्भिक तथ्याङ्कमा चितुवा, बाँदर, वनकुखुरा, ढुकुर, मृगलगायतका वन्यजन्तु ठूलो मात्रा रहेको देखिन्छ । गाउँपालिकाको अधिकांश वन क्षेत्रमा बाँदर, मृग र स्याललगायतका...

  • २०७६ माघ १४, मंगलबार

    मन्दिर निर्माणका लागि रु दश लाख सहयोग

    कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु १० लाखको चेक हस्तन्तरण गरिएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाको तर्फबाट रु १० लाखको चेक मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशराज पन्तलाई सोमबार हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख चौधरीले मन्दिर निर्माण भएपछि यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । रु दुई करोड ५० लाखको लागतमा...

  • २०७६ माघ १४, मंगलबार

    राजश्व छली रोक्न २१ पाइले अभियान

    राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिनुभएको हो । “हेर्नुहोस्, राजश्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन”, प्रमुख बिसीले भन्नुभयो, “राजश्व छल्ने सबै ढुवानीका साधन राजमार्गबाटै...

  • २०७६ माघ १३, सोमबार

    कोटामा मुख्यमन्त्री नमूना कृषि गाउँ स्थापना

    तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँ स्थापना गर्ने सरकारको लक्ष्यबमोजिम कोटामा नमूना कृषि गाउँ स्थापना गरिएको हो । देवघाट गाउँपालिकालाई प्राङ्गारिक कृषिउपज गाउँपालिका घोषणाको लागि सबै पहल भइरहेको अवस्थामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाले यसलाई सहयोग पु¥याएको...

  • २०७६ माघ १३, सोमबार

    प्लाष्टिकको छानामुनि सुत्न विवश कैदीबन्दी

    जिल्ला कारागार डोटीका कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा समस्या भएको हो । पानी पर्दा छानाबाट पानी चुहिने भएकाले प्लाष्टिकको छाना बनाएर सुत्न बाध्य भएका छन् । वर्षौं पुरानो कारागार जीर्णभएको छ । कारागारमा पुरुष ४३ र महिला चार गरी हाल कूल ४७ बन्दी रहेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण...

  • २०७६ माघ १३, सोमबार

    झोले र पोके सामान आयातमा प्रतिबन्ध

    उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ । भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो । कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको...

  • २०७६ माघ १३, सोमबार

    जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण

    सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ । कूल १३ आना जग्गामा करिब रु एक करोड ५० लाखको लागतमा भवन बनेको समितिका अध्यक्ष नवीन प्रजापतिले जानकारी दिनुभयो । दुईतला आधा रहेको यो भवनमा नौ कोठा, मेस...

  • २०७६ माघ १३, सोमबार

    निकुञ्ज घुम्दै राजदूत

    नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज यहाँ आउँदै हुनुहुन्छ । वाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्। प्रवद्र्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलङ्का, मलेसिया...

  • २०७६ माघ १३, सोमबार

    एकसय ७ वर्षीय सापकोटा सम्मानित

    नवलपरासी गैँडाकोट–८ निवासी १०७ वर्षीय भूमिश्वर सापकोटा सम्मानित हुनभएको छ । श्रीवैष्णव परिषद् नेपाल, नवलपुर शाखाले सम्प्रदायकै ज्येष्ठ नागरिकका रुपमा शनिबार उहाँलाई सम्मान अर्पण गरेको हो । बागलुङ दमेकम विसं १९७१ मा जन्मिनुभएका सापकोटा शतवार्षिक अभिनन्दनबाट सम्मानित भइसक्नुभएको छ । उहाँले विसं २०२८ बाट गैँडाकोटलाई कर्मक्षेत्र बनाउनुभएको थियो । भागवत चिन्तनमा आस्था राख्ने उहाँ विसं २०३९ मा चितवन...

  • २०७६ माघ १३, सोमबार

    सभामुख सापकोटाद्वारा शपथ ग्रहण

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिनुभएको हो ।   [caption id="attachment_30171" align="alignnone" width="900"] समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश...

  • २०७६ माघ १३, सोमबार

    जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ सभामुख सापकोटा

    नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उहाँले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताउनुभयो । “हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव...

  • २०७६ माघ १३, सोमबार

    मानवअधिकारकर्मी पक्राउ

    प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चरण प्रसाइँलगायत छन् । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको...

Pages