राष्ट्रिय
-
२०७६ माघ १०, शुक्रबार
क्रसर उद्योग सञ्चालनमा रोक
क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिल जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ । उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को भण्डार स्टकविव रण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले...
-
२०७६ माघ ९, बिहिबार
मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने
मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए । बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति...
-
२०७६ माघ ९, बिहिबार
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमान्सँगै रहनुपर्ने
शिशु कसरी जन्माउने रु प्राकृतिक नर्मल अथवा शल्यक्रिया अप्रेशन मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य...
-
२०७६ माघ ९, बिहिबार
हिमपातले रोक्यो विकास निर्माण
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुगेको छ । यहाँका स्थानीय तहले अहिले सम्झौता गरेर चैतबाट मात्र काम शुरु गर्ने जनाएका छन् । उपल्लो डोल्पाका चार र तल्लो डोल्पाको एक स्थानीय तहमा विकास निर्माणर्मा समस्या भएको छ । डोल्पोबुद्ध गाउँपालिका, छार्कातामसुङ गाउँपालिका, शेफोक्सुण्डो गाउँपालिका, काइके गाउँपालिकाको माथिल्लो भाग, मुड्केचुला गाउँपालिकाको वडा ५, ६, ७, ८...
-
२०७६ माघ ९, बिहिबार
पत्रकार महतोलाई दिना–भद्री सम्मान
मुसहर समुदायको उत्थानमा योगदान पु¥याएवापत पत्रकार राजकरण महतोलाई ‘दिना–भद्री सम्मान’ प्रदान गरिएको छ । नेपाल राष्ट्रिय मुसहर सङ्घ र अन्तरराष्ट्रिय मुसहर भुइँया विकास परिषद्द्वारा सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बहुअर्वामा बुधबार आयोजित कार्यक्रममा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र भारतको बिहार प्रदेशका विधायक डा सन्तोष माझी मुसहरले संयुक्तरूपमा उहाँलाई सो...
-
२०७६ माघ ९, बिहिबार
समयमै काम सम्पन्न नगर्नेसंँग ठेक्का रद्द
बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव पारित...
-
२०७६ माघ ९, बिहिबार
राष्ट्रियसभा निर्वाचनको मतदान शुरु
राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन÷तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ ।...
-
२०७६ माघ ९, बिहिबार
फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर
गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु । भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाको...
-
२०७६ माघ ९, बिहिबार
भिजिट नेपाल २०२० को उपलक्ष्यमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन घोषणा
कीर्तिपुर नगरपालिकाको आयोजनामा उपत्यका नगरपालिका फोरमको विस्तारित बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपत्यकाका सम्पूर्ण नगरपालिकाका मेयर–उपमेयर एवं ककनी गाउँपालिकाबाट गाउँपालिका प्रमुखका साथ विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कीर्तिपुर १० वडास्थिति हिलसाइड होटल रिसोर्टमा माघ ८ गते बुधबार भएको उक्त विस्तारित बैठकमा उपत्यकाका तीन नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति नरहेको जानकारी आयोजक...
-
२०७६ माघ ९, बिहिबार
सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ
तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दो छ । विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको...
-
२०७६ माघ ९, बिहिबार
निकुञ्ज घुम्दै राजकुमारी
बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै हुनुहुन्छ । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले...
-
२०७६ माघ ९, बिहिबार
पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक नेता पौडेल
नेपाल कम्युनिष्ट पार्टी नकेपाका स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताउनुभएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसाइटमा आज आयोजना गरिएका सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सदस्यसमेत रहनुभएका उहाँले बागलुङमा धेरै...


