राष्ट्रिय
-
२०७६ माघ १५, बुधबार
कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ
नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो । नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले तीनवटै सरकारको उच्च...
-
२०७६ माघ १५, बुधबार
लग्जेम्बर्गका विदेशमन्त्री आउँदै
लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध...
-
२०७६ माघ १५, बुधबार
कृषकलाई अनुदानको ठाउँमा नयाँ प्रविधिको माग
पाल्पामा युवाहरुलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइएको छ । अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ । यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको छ सोअनुसार सही ठाउँमा उपयोग नभएको रामपुरका कृषकको गुनासो छ । रामपुर नगरपालिका–४ को कार्यालयले आयोजना गरेको कृषकसँगको अन्तरक्रिया कार्यक्रममा कृषकले...
-
२०७६ माघ १५, बुधबार
लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते...
-
२०७६ माघ १५, बुधबार
ल्यान्डफिल्ड साइट आसपासका १० स्थान अति प्रभावित
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित...
-
२०७६ माघ १५, बुधबार
नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौँः एनआरएनए अध्यक्ष पन्त
गैरआवासीय नेपाली सङ्घ एनाआरएनएका अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताउनुभएको छ । रासससँगको अन्तवार्ता मङ्गलबारमा उहाँले सङ्घको विशाल सञ्जाललाई नेपाल सरकारले प्रयोग गरी नेपाललाई समृद्ध र विकसित पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली सङ्घ विशाल मञ्च हो, यो विशुद्ध सामाजिक संस्था हो । नेपालको समृद्धिमा...
-
२०७६ माघ १५, बुधबार
नेकपा केन्द्रीय कमिटी बैठक शुरु
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहनुभएको छ । बैठकमा अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उद्घाटन सम्बोधन गरिरहनुभएको छ । [caption id="attachment_30311"...
-
२०७६ माघ १५, बुधबार
चार शहीदको पूर्ण कदको शालिक निर्माण
शहीद सप्ताह चलिरहँदा काठमाडौँ महानगरपालिकाले चार शहीदको पूर्ण कदको शालिक प्रतिस्थापन गरेको छ । यसअघि वडा नं ७ सिफलमा शहीद धर्मभक्त माथे र गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको थियो । शहीद सप्ताहको तेस्रो दिन आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण गरिएको छ । विसं १९९७ मा प्रजातन्त्रका लागि शहादत प्राप्त गर्ने चारै...
-
२०७६ माघ १५, बुधबार
‘सर्भिस सेन्टर’ निर्माण गरिने
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने भएको छ । स्थानीयवासीलाई सहज हुने गरी सो स्थानमा पार्किङ, स्थानीय उत्पादन बिक्री केन्द्रलगायतका लागि कक्ष निर्माण हुने बताइएको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गर्ने र कमजोर ढुङ्गा माटोलाई सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने सडक विभाग र विकास समन्वय कार्यन्वयन महाशाखाका प्रमुख...
-
२०७६ माघ १५, बुधबार
टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै
काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो । टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि रु एक÷एक...
-
२०७६ माघ १५, बुधबार
धर्म र पर्यटनलाई जोड्दै व्यास क्षेत्र
वेद, उपनिषद्, बह्मसुत्र, महाभारत आदि ग्रन्थका लेखक वेदव्यास जन्मेको भूमिलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्ने पहल थालिएको छ ।धेरै सम्भावना बोकेर पनि पूर्वाधार विकास एवं प्रवद्र्धनको अभावमा पछि परेको वास्तविकतालाई ध्यानमा राखेर व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले यसको उजागर गर्दै यो स्थललाई धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा अघि बढाउन लागेको हो । विस्तृत परियोजना प्रतिवेदन एवं गुरुयोजना...
-
२०७६ माघ १५, बुधबार
राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँः प्रम ओली
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ । यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न...


