relans
ni new 83
nib 2082 5

खम्ब गाडिएको छ वर्षपछि हात्तीवाङमा बिजुली

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार

इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा विद्युतको पोल गाडेको छ वर्षपछि बिजुली बलेको छ । धादिङ जिल्लाबाट तार विस्तार गरेर सो क्षेत्रमा बिजुली बाल्ने काम भएको हो । सांसद कृष्णभक्त पोखरेलले विद्युतीकरणको शुभारम्भ गर्दै बाँकी रहेका क्षेत्रमा छिट्टै बिजुली पुग्ने जानकारी दिनुभयो । प्रदेशसभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमार गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरण धादिङ जिल्ला वितरण केन्द्रका प्रमुख धु्रव कार्कीले विद्युतीकरण सेवा विस्तार गरिँदै लैजाने जानकारी दिनुभयो । सो क्षेत्रमा विसं २०७१ मा विद्युत्को पोल गाडि २०७२ सालमा तार टाँगिएको थियो । मुख्य विद्युत् लाइन जोड्न समस्या भएपछि काम रोकिएको थियो । तत्कालीन समयमा सोही क्षेत्रबाट निर्वाचित सांसद पोखरेलले विद्युतीकरणका लागि रु। ३५ लाख संसद् विकास कोषबाट सहयोग गर्नुभएको थियो । उहाँका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्म पुगेर सो क्षेत्रमा विद्युत् विस्तार गर्न पहल गरिएको थियो । ६० घरमा बिजुली बलेको छ । सो वडामा ६४३ घरधुरी रहेका छन् । अब क्रमशः विद्युत् लाइन विस्तार गर्दै लगिने जनाइएको छ । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार वडा नं। २ मा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएको छ । बाँकी विद्युतीकरणका लागि रु। रु छ करोड २० लाख बोलपत्र आह्वान भइसकेको छ । त्यस्तै वडा नं ३, ४ र ५ मा पूरै र वडा नं ६ मा आधा र ७ मा ८० प्रतिशत विद्युतीकरण भएको जनाइएको छ । वडा नं ६ मा असारसम्ममा विद्युतीकरण भइसक्ने र वडा नं ७ को बाँकीउपर दाङगढी क्षेत्रमा विद्युतीकरणका लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । सो गाउँपालिका मुग्लिन बजारसहित जिल्लाको विकट पहाडी क्षेत्रमा पर्दछ । गाउँपालिकाको विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या २५ हजार १२ रहेको थियो । बहुसङ्ख्यक चेपाङ समुदाय सो क्षेत्रमा बसोबास गर्दछन् ।
Categorized in राष्ट्रिय
ppp 2