राष्ट्रिय
-
२०७६ माघ १७, शुक्रबार
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । रामपुरमा नेपाल भ्रमण वर्ष २०२० मा पाल्पाको कालीगण्डकीमा जलयात्रा र प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको हो । रामपुर नगरपर्यटन प्रवद्र्धन समितिले आउँदो फागुन २४ गतेदेखि साताव्यापी कालीगण्डकीमा जलयात्रा, बाहुनडाँडाबाट प्याराग्लाइडिङ साथै यहाँका धार्मिक...
-
२०७६ माघ १७, शुक्रबार
विद्यार्थी हुनु त यस्तो पो
आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले रु तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका–५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उहाँलाई...
-
२०७६ माघ १७, शुक्रबार
कपुरधारामा छैन खानेपानीको धारा
खानेपानी तथा ढल निकास विभागको नजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ तर काठमाडौँ महानगरपालिका–२६ कपुरधाराको अवस्था भने यस्तै छ । खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गर्नुभयो । खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानी समेत आउन मुस्किल हुने...
-
२०७६ माघ १७, शुक्रबार
प्रअदेखि पियनसम्म महिला ः हेड सरभन्दा दङ्ग परेर हेर्दछन्
महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–१० मा अवस्थित खैरा माध्यमिक विद्यालयले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला हुनुहुन्छ । प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको...
-
२०७६ माघ १७, शुक्रबार
हिउँदे वर्षात्ले तरकारीमा क्षति
पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै...
-
२०७६ माघ १७, शुक्रबार
हस्तकलाका सामग्री बनाउन रमाउँदै थारु महिला
बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन् । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्षसमेत रहेका नेपालगञ्ज–९ बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थारु हस्तकलाका सामान उत्पादन गर्न...
-
२०७६ माघ १७, शुक्रबार
जनप्रभातमा सूचना प्रविधि कक्षा
काठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अडियो भिडियोमार्फत् प्राविधिक ज्ञान प्रदान गर्न सहयोग पु¥याउने ध्येयले वाग्मती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा प्राविधिक कक्षा स्थापना गर्न सहयोग गरेका हुन् । आधुनिक सूचना प्रविधि कक्षामार्फत कम्प्युटर सीप वृद्धि हुने विश्वास...
-
२०७६ माघ १७, शुक्रबार
युवतीको उद्धार
नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको...
-
२०७६ माघ १७, शुक्रबार
वडा कार्यालयलाई जग्गा
गलकोट नगरपालिका–९ को भवन निर्माणका लागि स्थानीयवासीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । स्थानीय हुमकुमारी, दुर्गाबहादुर र यमबहादुर थापाले करिब रु दश लाख मूल्य बराबरको जग्गा दिएको वडा कार्यालयले जनाएको छ । जग्गादाता एकाघरका आमा, छोराहरु हुनुहुन्छ । वडा कार्यालयको भवन निर्माणका लागि चाहिने बाँकी साढे दुई रोपनी जग्गा थापा परिवारबाटै खरिदका लागि प्रकृया अघि बढेको वडाध्यक्ष तेजबहादुर...
-
२०७६ माघ १७, शुक्रबार
स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने
यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण मास प्रिन्टर सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ । प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर...
-
२०७६ माघ १७, शुक्रबार
फरार दुई दोषीलाई कारागार चलान
लागूऔषध मुद्दामा दुई वर्ष कैद र रु एक लाख जरिवाना फैसला भई फरार भएका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने दोषी सविन तचामोलाई जिल्ला अदालत भक्तपुरले बिहीबार डिल्लीबजार कारागार चलान गरेको अदालतका तहसिलदार हिरालाल भुसालले जानकारी दिनुभयो । लागू औषध नाइट्रोजाम मुद्दामा २०७६ भदौ ५ गते जिल्ला अदालत भक्तपुरले दोषी ठहर गर्दै गरेको फैसला भुक्तान नगरी फरार तचामोलाई अपराध...
-
२०७६ माघ १७, शुक्रबार
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनीयर...


