राष्ट्रिय
-
२०७६ माघ २०, सोमबार
भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने
सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गरेको छ । सरकारले काठमाडौँ उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो । उपत्यकाबाट ‘इशान’ कोणको रुपमा...
-
२०७६ माघ २०, सोमबार
विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ ः मन्त्री सुवेदी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताउनुभएको छ । जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै उहाँले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी...
-
२०७६ माघ १९, आइतबार
पुम्फालाई किमोथेरापी पछि शल्यक्रिया गरिने
तीन वर्षदेखि आर्थिक अभावका कारण उपचार हुन नसकेर अर्बुद रोगले थलिएकी तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमार्इंको बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार शुरु भएको छ । उहाँको उपचारमा सम्लग्न डा तोसीमा कार्कीले पहिलो चरणमा स्वास्थ्य परीक्षण सम्पन्न गरिएको जानकारी दिनुभयो । “पुम्फालाई जाँच गर्दा क्यान्सर चौथो स्टेजमा पुगेको छ”, उहाँले भन्नुभयो, “अवस्था जटिल...
-
२०७६ माघ १९, आइतबार
एकमहिनापछि राराको सौन्दर्य बल्ल नेटमार्फत आफन्तजनमा
मुगु लगायत कर्णालीका जिल्लामा बल्ल इन्टरनेट सेवा सुचारु भएको छ । गत पुस १७ गतेबाट नेपाल टेलिकमद्वारा वितरीत एडिएसएल इन्टरनेट र ल्याण्डलाइन सेवा अवरुद्ध हुँदै आएको थियो । टेलिकमले सेवा सुचारु भएको जनाएको छ । बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखको महावुलेकमा रहेको रेडियोलिङ्क टावरमा समस्या आएपछि मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लाका अधिकांश क्षेत्रमा सञ्चारसेवा प्रभावित भएको थियो ।...
-
२०७६ माघ १९, आइतबार
सुधार हुँदै प्यूठान अस्पताल
प्यूठान अस्पतालले लामो समयसम्म चिकित्सक नहुँदा आलोचना खेप्यो । करीब छ महिनासम्म बिरामीको उपचारमा समस्या प¥यो । सरकारीमा भन्दा निजी क्लनिकमा जाँच गराउनुपर्ने बाध्यता रह्यो । पछिल्लो समय अस्पताल सुधारोन्मुख छ । प्रदेश नं ५ सरकारमार्फत पाँच चिकित्सक पठाएपछि अस्पतालले स्वास्थ्य सेवामा नयाँ गति दिएको छ । प्रयोगशाला र आकस्मिक सेवाका २४सैँ घण्टा सुचारु भएको छ । लेखा प्रमुख नहुँदा रोकिएका कामसमेत डेढ...
-
२०७६ माघ १९, आइतबार
जननिर्वाचित सर्वोच्च संस्थाको गरिमा उच्च राख्ने प्रतिबद्धता
सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि उक्त समितिले आज बिहान उहाँको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा...
-
२०७६ माघ १९, आइतबार
नियम पालना नगर्ने सवारीसाधनबाट रु ३५ लाख जरिवाना
चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो । विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिँदै आएको...
-
२०७६ माघ १९, आइतबार
अक्षयकोष स्थापना
विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । प्रत्येक दुई वर्षमा रु दुई लाख पुरस्कार तथा सम्मान गर्ने हेतुले श्रेष्ठ दम्पतीले अक्षय कोष स्थापना गरेको हो । नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन र जगेर्नाको अभियानमा रहेका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मान गर्न श्रेष्ठ दम्पतीले स्थापना गरेको कोषबाट ‘सुदर्शन–कपिल...
-
२०७६ माघ १९, आइतबार
रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जँचाइने
भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने...
-
२०७६ माघ १९, आइतबार
बिहान गुरुकूल, दिउँसो विद्यालय
घोराहीका १३ वर्षीय विपिन पार्धे पद्मोदय नमूना माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्नुहुन्छ । उहाँ दिउँसो १० बजे विद्यालय जानुहुन्छ । बिहानको समय उहाँ गुरुकूलमा बिताउनुहुन्छ । विद्यालयमा नेपाली, अङ्ग्रेजी, गणित सिक्ने उहाँ गुरुकूलमा भने वेद, गीताका श्लोक पढ्नुहुन्छ । संस्कृत भाषा सिक्नुहुन्छ । दाङमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरक्ष रत्ननाथ मन्दिरमा गत वर्षदेखि गोरक्षनाथ वैदिक गुरुकूल...
-
२०७६ माघ १९, आइतबार
राष्ट्रियसभा बैठक कोरोना भाइरसबारे सचेतना अपनाउन आग्रह
राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्योपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरोनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “...
-
२०७६ माघ १९, आइतबार
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन शिक्षा मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताउनुभएको छ । विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । “अङ्ग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको...


