STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २०, सोमबार

    विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ ः मन्त्री सुवेदी

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताउनुभएको छ । जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै उहाँले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी...

  • २०७६ माघ २०, सोमबार

    अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिका

    पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उहाँले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ । यसैले अटो...

  • २०७६ माघ २०, सोमबार

    जडीबुटी जाम हटाउन लेन थपिँदै

    कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार...

  • २०७६ माघ २०, सोमबार

    राजर्षि जनक विश्वविद्यालयमा जनस्वास्थ्य र कानून पढाइ हुने

    राजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ । नयाँ शैक्षिक योजनाअन्तर्गत ती दुवै विषयको अध्ययन अध्यापन गराउन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । जनस्वास्थ्यको बिपिएच र कानूनतर्फ बिएलएलबी शुरू हुने छ । यी विषयको अध्ययनले यस भेगका शिक्षार्थीले अन्यत्र गई अत्यधिक व्ययभार व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।...

  • २०७६ माघ २०, सोमबार

    सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १

    प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनले २०७५ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगरलाई कायम गरेको थियो । पाँचाँै अधिवेशनअर्थात् हिउँदे अधिवेशन यही माघ २३ गतेबाट शुरु हुने हुँदैछ । विसं २०७४ फागुन ३ गते गठन भएको प्रदेश...

  • २०७६ माघ २०, सोमबार

    नेपाल–भारत सीमाना जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’

    कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिनुभयो । डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको...

  • २०७६ माघ २०, सोमबार

    भगिनी साइनो जोड्दै गाउँपालिका

    जिल्लाको ताराखोला गाउँपालिकाका घरवास ९होमस्टे० सञ्चालक गत महिना तनहुँ, बन्दीपुरको भ्रमणमा निस्के । ‘पहाडकी रानी’ उपमाले चिनिने बन्दीपुर पुगेका बेला भ्रमण टोली लमजुङको घलेगाउँ र स्याङ्जाको सिरुबारी पनि घुम्यो । गुल्मी, धुर्कोट गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायत यसपालि बन्दीपुर पुगे । पर्यटकीय नगरी बन्दीपुर घुमफिर गरे । प्राकृतिक सौन्दर्यमा रमाए । पर्यटनबारे ज्ञान र सिकाइ हासिल गरे ।...

  • २०७६ माघ २०, सोमबार

    तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै

     प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् । सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य अवलोकन गरेका उनीहरु दिउँसो यहाँका मठमन्दिर, तालतलैया, गुफा, झरना, सङ्ग्रहालयलगायत विभिन्न मनोरम दृश्यावलोकनमा...

  • २०७६ माघ २०, सोमबार

    कर्णाली प्रदेश प्रहरी विधेयकको मस्यौदा तयार

    कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबारदेखि शुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले प्रदेश प्रहरी कानून...

  • २०७६ माघ २०, सोमबार

    सीमा क्षेत्रमा कोरोना सहायता कक्ष

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको...

  • २०७६ माघ २०, सोमबार

    वासु शशी तथा कुमार सरस्वती पुरस्कारबाट कर्ण शाक्य,ईन्दिरा प्रसाईं र श्रीओम सम्मानित हुने

    वासु शशी स्मृति परिषद्ले तीन स्रष्टालाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । परिषद्को हालै बसेको बैठकले वरिष्ठ लेखक तथा समाजसेवी कर्ण शाक्यलाई “वासु शशी साहित्य सम्मान–२०७६” कवि तथा आख्यानकार ईन्दिरा प्रसाईलाई “वासु शशी साहित्य पुरस्कार–२०७६” र साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ रोदनलाई कुमार(सरस्वती साहित्य पुरस्कार–२०७६” प्रदान गर्ने भएको छ । लेखक शाक्य विगत चार दशकदेखि नेपाली भाषा साहित्य...

  • २०७६ माघ २०, सोमबार

    हिमालयबाट चीनका तीन शहरको उडान स्थगित

    चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको राससलाई जानकारी दिनुभयो । हिमालयले चार्टड...

Pages