राष्ट्रिय
-
२०७६ माघ २४, शुक्रबार
आरोपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी...
-
२०७६ माघ २४, शुक्रबार
साहित्यकार–राजनीतिज्ञ भट्टको अभिनन्दन फागुन २३ मा
प्रगतिशील लेखक सङ्घ ९प्रलेस०को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन आगामी फागुन २३ गते यहाँ हुने भएको छ । वरिष्ठ माक्र्सवादी चिन्तक भट्टको अभिनन्दनका लागि प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिअन्तर्गत अध्यक्ष गिरीकै संयोजकत्वमा प्रकाशन, वासुदेव अधिकारीको संयोजकत्वमा आर्थिक, मातृका पोखरेलको संयोजकत्वमा...
-
२०७६ माघ २४, शुक्रबार
गिट्टी कुटेर परिवार पाल्न विवश छन्, शारीरिक अपाङ्ग विष्ट
तेजबहादुर विष्टको दाहिने खुट्टाको कम्मरमुनिको भाग छैन । वैशाखीको सहाराबिना उहाँ हिँडडुल गर्न सक्नुहुन्न । शारीरिकरूपमा अपाङ्ग भएपनि उहाँले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आउनुभएको छ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३१ वर्षीय उहाँले विगत सात वर्षदेखि गिट्टी कुटेर आफ्नो परिवारको जीविकोपार्जन चलाउँदै आउनुभएको छ । विसं २०६९ मा ट्र्याक्टर दुर्घटना हुँदा उहाँले दाहिने खुट्टा गुमाउनुभएका थियो...
-
२०७६ माघ २४, शुक्रबार
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएकोे छ ।...
-
२०७६ माघ २४, शुक्रबार
कामपालाई फोहर व्यवस्थापनमा थप चुनौती
पछिल्लो सामय काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापनकार्य थप चुनौतीको विषय बनेको छ । बन्चरेडाँडामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र निर्माण भइनसकेको र लामो समयदेखि फोहर थुपारिँदै आएको स्थान सिसडोल भरिएकाले कामपालाई फोहर व्यवस्थापन गर्न थप समस्या भएको हो । निर्माणाधीन फोहर व्यवस्थापनस्थलमा आगामी चैतदेखि नै फोहर थुपार्न मिल्नेगरी काम भइरहेको जनाए पनि हालसम्मा जम्मा ३० प्रतिशत...
-
२०७६ माघ २४, शुक्रबार
मुस्ताङमा पुनः हिमपात कृषक खुशी
मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उहाँले बताउनुभयो । जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ...
-
२०७६ माघ २४, शुक्रबार
‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’
छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पु¥याउन जरुरत देखिएको बताउनुभयो । नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उहाँले चीनको रोग देखिएका शहरबाट...
-
२०७६ माघ २४, शुक्रबार
नदीजन्य पदार्थ अभाव हुँदा विकास प्रभावित
जिल्लामा सानादेखि ठूला पूर्वाधारका काम अघि बढिरहेका छन् । त्यसका लागि ढुङ्गा, गिट्टी, बालुवाजस्ता सामग्री नै महत्वपूर्ण हुन् । चालु आर्थिक वर्षको सात महिना बित्न लाग्दा पनि नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत बाँकेको राप्ती नदीमा नदीजन्य पदार्थको ठेक्का लाग्न नसक्दा विकासका काम प्रभावित भएका छन् । राप्तीसोनारी गाउँपालिकाले यसअघि तीनपटक नदीजन्य पदार्थका लागि ठेक्का आह्वान गरिसकेको छ ।...
-
२०७६ माघ २४, शुक्रबार
वज्रयान महाविहारलाई चार करोड सहयोग गरिने
काठमाडौं – लुम्बिनीमा निर्माणाधीन वज्रयान महाविहारलाई काठमाडौं महानगरपालिकाले चार करोड सहयोग गर्ने भएको छ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विश्वका विविध बौद्ध विहार रहेको लुम्बिनीमा नेपालको आफ्नै मौलिक शैलीका विहार ‘वज्रयान महाविहार’को निर्माण भइरहेकोले महानगरपालिकाले यसमा चार करोड २९ लाखबराबरको सहयोग गर्ने बताउनुभयो । माघ २५ शनिबार काठमाडौंको नेपाः ब्यांक्वेटमा एक कार्यक्रमबीच...
-
२०७६ माघ २३, बिहिबार
अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका बेलायत नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देश बीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।...
-
२०७६ माघ २३, बिहिबार
अरुण तेस्रोमा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी
भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा नेपाली बैंकले रु १५ अर्ब बढी लगानी गरेका छन् भने बाँकी रु ८५ अर्ब लगानी भने भारतीय बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी...
-
२०७६ माघ २३, बिहिबार
सडक सञ्जालले जोड्यो बेलढुङ्गा र स्वर्गाश्रमलाई
बागलुङ र म्याग्दीको सीमामा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गा र स्वर्गाश्रमलाई सडक सञ्जालले जोडेको छ । पर्यटकसँगै सर्वसाधारणको आउजाउ सहज बनाउन बागलुङको काठेखोला गाउँपालिका–३ धम्जादेखि म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली जोड्ने सडक मार्ग खोल्ने कामगत वर्षदेखि शुरुआत गरिएको थियो । सीमास्थल देउरालीमा दुवैतर्फका पालिकाले हालै सडक पु¥याएका हुन् । धम्जाको ओखलेदेखि तीन किमि र भकिम्लीको स्वर्गाश्रमदेखि पनि...


