राष्ट्रिय
-
२०७६ माघ २३, बिहिबार
राष्ट्रियसभा ः नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ पारित
राष्ट्रियसभाको आजको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्ताक्रम हटाएर विधेयक...
-
२०७६ माघ २३, बिहिबार
छिन्नमस्ता मन्दिर परिसर सौन्दर्य बढाउँदै
छिन्नमस्ता भगवती मन्दिर परिसरलाई सौन्दर्यीकरण गर्न कार्यक्रम शुरुआत गरिएको छ । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभयो । ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत करिब रु छ करोड ३० लाखको लागतमा मन्दिर परिसरमा रहेको पोखरी, धर्मशालालाई सौन्दर्यीकरण गर्न लागिएको जनाइएको छ...
-
२०७६ माघ २३, बिहिबार
विपद् प्रतिकार्यमा समुदायलाई सक्षम बनाईँदै
विपद्का अवस्थामा उद्धार कार्यमा समुदायको थप क्षमतालाई कसरी बढाउने भन्ने ध्येयले नेपाली सेना,भीमदलगणले यहाँ विपद् प्रतिकार्य तालीम शुरुआत गरेको छ । गणले तीन वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा तीनदिने सामुदायिक विपद् प्रतिकार्य तालीम शुरु गरेको हो । बाढीपहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न तिलाठीकोइलाडी...
-
२०७६ माघ २३, बिहिबार
व्यास मूर्ति निर्माण गर्न महायज्ञ
व्यासक्षेत्र शिवपाञ्चायन विकास कोषको आयोजनामा यहाँ जारी महायज्ञमा व्यास नगरपालिका–३ निवासी अशोककुमार श्रेष्ठले रु चार लाख एक हजार १०८ दान गर्नुभएको छ । १०८ फिटको व्यास मूर्ति निर्माणका महायज्ञ लगाइएको हो । उहाँ व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको अध्यक्षसमेत हुनुहुन्छ । उहाँले सबैको साझा प्रयासले मात्र मूर्ति निर्माण सम्भव हुँदा दान गर्न आग्रह गर्नुभयो । सोमबारदेखि शुरु भएको महायज्ञमा हालसम्म...
-
२०७६ माघ २३, बिहिबार
प्रविधिलाई दैनिक जीवनसँग जोड्न आग्रह
विज्ञान र प्रविधिका नवप्रवर्तनलाई दैनिक जीवनसँग जोड्नु पर्ने आवश्यकता औँल्याइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट द्वारा बुधबार यहाँ आयोजित नवप्रवर्तनसम्बन्धी परामर्श गोठीका सहभागीले विज्ञान र प्रविधिको विकासले मात्र आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । विकाशील मुलुकले सूचना प्रविधिक, अन्तरिक्ष, कृषि, स्वास्थ्य, ऊर्जा, व्यवस्थापनलाई प्राथमिता दिने उहाँहरुले जनाउनुभयो ।...
-
२०७६ माघ २३, बिहिबार
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका
कास्कीको माछापुच्छ«े गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । नौवटै वडाबाट सहभागी छनोट गरेर पोखरास्थित एक इन्स्टिच्युटमा राजपत्र अनङ्कित प्रथम श्रेणी९नायब सुब्बा० तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी खरिदार को...
-
२०७६ माघ २३, बिहिबार
जोड्दै छ पठनपाठनलाई प्रविधिले
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा टेलीटिचिङ प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एक एक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाल पढाउने गर्नुभएको छ । अध्ययनका लागि त्यहाँ पुगेका उहाँले भाषा र संस्कृतिको बारेमा विद्यार्थीलाई सिकाउनुहुने बताइएको छ । टेलीटिचिङ कक्षा...
-
२०७६ माघ २३, बिहिबार
ठिनीको घरवासमा अब अनलाइन बुकिङ
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो । ग्राहकले घरवासमा बुक गर्दा शुल्क तिर्नु नपर्ने उहाँले जानकारी दिनुभयो । सदरमुकाम जोमसोमदेखि दुई किमि...
-
२०७६ माघ २२, बुधबार
कानूनी ज्ञानको अभावमा मुद्दा छिनोफानो गर्न समस्या
पाल्पाका स्थानीय न्यायिक समितिमा मुद्दा छिनोफानो गर्न समस्या देखिएको छ । न्यायिक समितिलाई कर्मचारी र कानूनी ज्ञानको अभावका कारण मुद्दा छिनोफानो गर्न चुनौती भएको हो । स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा तीन सदस्यीय न्यायिक समितिलाई मुद्दा टुङ्ग्याउने अधिकार छ । तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठकले कर्मचारी अभावमा मुद्दा दर्ता गर्ने काम न्यायिक समिति संयोजकले गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो...
-
२०७६ माघ २२, बुधबार
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कबुनै ध्यान नदिँदा अहिले स्थानीयवासी त्यसको विरोधमा उत्रिएका छन् । सिमेन्टको धुवाँ, धुलो र ध्वनिले आजित भएपछि त्यहाँका स्थानीयवासीले उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति नाम दिएर २०७१ सालदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । घोराही–४ लक्ष्मीपुरका स्थानीयवासी...
-
२०७६ माघ २२, बुधबार
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडाँैदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित...
-
२०७६ माघ २२, बुधबार
बच्चाको हातमा खाजा ः आमाको हातमा पैसा
झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा ःआमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ । तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीको खाजाबापतको रकम विद्यार्थीका आमाले पाउने कार्यक्रम आम बच्चाको पोषण र स्वास्थ्य सुधारमा प्रभावकारी बन्दै गएको हो । नगरभित्र रहेका ६६ सामुदायिक विद्यालयमा ११ हजार २९६ विद्यार्थीलाई अहिले...


