राष्ट्रिय
-
२०७६ माघ २४, शुक्रबार
‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’
छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पु¥याउन जरुरत देखिएको बताउनुभयो । नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उहाँले चीनको रोग देखिएका शहरबाट...
-
२०७६ माघ २४, शुक्रबार
नदीजन्य पदार्थ अभाव हुँदा विकास प्रभावित
जिल्लामा सानादेखि ठूला पूर्वाधारका काम अघि बढिरहेका छन् । त्यसका लागि ढुङ्गा, गिट्टी, बालुवाजस्ता सामग्री नै महत्वपूर्ण हुन् । चालु आर्थिक वर्षको सात महिना बित्न लाग्दा पनि नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत बाँकेको राप्ती नदीमा नदीजन्य पदार्थको ठेक्का लाग्न नसक्दा विकासका काम प्रभावित भएका छन् । राप्तीसोनारी गाउँपालिकाले यसअघि तीनपटक नदीजन्य पदार्थका लागि ठेक्का आह्वान गरिसकेको छ ।...
-
२०७६ माघ २४, शुक्रबार
वज्रयान महाविहारलाई चार करोड सहयोग गरिने
काठमाडौं – लुम्बिनीमा निर्माणाधीन वज्रयान महाविहारलाई काठमाडौं महानगरपालिकाले चार करोड सहयोग गर्ने भएको छ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विश्वका विविध बौद्ध विहार रहेको लुम्बिनीमा नेपालको आफ्नै मौलिक शैलीका विहार ‘वज्रयान महाविहार’को निर्माण भइरहेकोले महानगरपालिकाले यसमा चार करोड २९ लाखबराबरको सहयोग गर्ने बताउनुभयो । माघ २५ शनिबार काठमाडौंको नेपाः ब्यांक्वेटमा एक कार्यक्रमबीच...
-
२०७६ माघ २४, शुक्रबार
बुद्ध दर्शनलाई समाजसँग जोड्न आवश्यक ः मुख्यमन्त्री पोखरेल
लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव आजदेखि शुरु भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बुद्ध दर्शनलाई समाजसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले बुद्ध दर्शन आफैँमा जीवनपद्धतिको रुपमा रहेकाले समाजलाई सकारात्मक दिशातर्फ...
-
२०७६ माघ २४, शुक्रबार
उद्यमी युवालाई आर्थिक अभाव नहुने
राष्ट्रिय युवा नीति पुनरावलोेकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेकोे छ । युुवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार यहाँ आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताउनुभयो । प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिनुभयो । सामाजिक विकास...
-
२०७६ माघ २४, शुक्रबार
संरक्षणको पर्खाइमा ऐतिहासिक शिवगढी
प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र शिवगढीलाई संरक्षण गर्न उच्च प्राथमिकतामा राखेको छ । यसका लागि मन्त्रालयले आवश्यक रकम विनियोजन समेत गरेको जनाइएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बिहीबार सो क्षेत्रको निरीक्षण गर्नुहुँदै पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिने जानकारी दिनुभयो । शिवराज...
-
२०७६ माघ २४, शुक्रबार
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०।५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा सो प्रगति हासिल गरिएको जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा...
-
२०७६ माघ २४, शुक्रबार
अनुशासन तथा इमान्दारिता फौजको गहना ः महानिरीक्षक खनाल
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । बुधबारको मन्त्रिस्तरीय निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, वंशीराज दाहाल,...
-
२०७६ माघ २३, बिहिबार
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका
कास्कीको माछापुच्छ«े गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । नौवटै वडाबाट सहभागी छनोट गरेर पोखरास्थित एक इन्स्टिच्युटमा राजपत्र अनङ्कित प्रथम श्रेणी९नायब सुब्बा० तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी खरिदार को...
-
२०७६ माघ २३, बिहिबार
जोड्दै छ पठनपाठनलाई प्रविधिले
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा टेलीटिचिङ प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एक एक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाल पढाउने गर्नुभएको छ । अध्ययनका लागि त्यहाँ पुगेका उहाँले भाषा र संस्कृतिको बारेमा विद्यार्थीलाई सिकाउनुहुने बताइएको छ । टेलीटिचिङ कक्षा...
-
२०७६ माघ २३, बिहिबार
ठिनीको घरवासमा अब अनलाइन बुकिङ
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो । ग्राहकले घरवासमा बुक गर्दा शुल्क तिर्नु नपर्ने उहाँले जानकारी दिनुभयो । सदरमुकाम जोमसोमदेखि दुई किमि...
-
२०७६ माघ २३, बिहिबार
एक घर एक रुख कार्यान्वयनमा आएन
यहाँको तापक्रम सन्तुलन कायम गर्न र वातवरण स्वच्छ बनाउन ‘हरियाली अभियान’ शुरुआत गरिएको छ । “आउँदो तीन वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गरिने अभियानको उद्देश्य छ”, उप महानगरपालिका प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ।” हरियालीयुक्त शहर बनाउन नगरपालिकासँग थुप्रै चुनौती छ । नगरका अधिकांश साँघुरा...


