relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ फाल्गुण ४, आइतबार

    ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गर्नुभयो । पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिनुभयो । सो अवसरमा बालिकाको स्वास्थ्य जाँच...

  • २०७६ फाल्गुण ४, आइतबार

    ‘एक गाउँ, एक प्राविधिक’ मा जोड

    सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन । कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा शनिबार नेपाल कृषि प्राविधिक एशोसियसन नाटा सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय, प्रदेश र संघीय सरकारसितको समन्वयकारी भूमिकामा रहेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने...

  • २०७६ फाल्गुण ४, आइतबार

    रामथुम्कीलाई नवकपको उपाधि

    विदेशी खेलाडी चम्किदा यहाँ सञ्चालित दोस्रो ‘नवकप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि व्यास नगरपालिका–११ स्थित रामथुम्की युवा क्लवले हातपारेको छ । व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवको आयोजनामा शनिबार दमौलीमा सम्पन्न फाइनल खेलमा व्यास नगरपालिका–१० स्थित अनन्त युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै रामथुम्कीले उपाधि चुमेको हो । रामथुम्कीका लागि विदेशी खेलाडी डोमी डोमीले खेल शुरुवातको...

  • २०७६ फाल्गुण ४, आइतबार

    आधी ग्राहकले नियमित विद्युत महसुल बुझाउँदैनन्

     विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा वढी नाघेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २०० पुगेको छ । केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिनुभयो । केन्द्रको त्रिचालिस हजार ९०० ग्राहक...

  • २०७६ फाल्गुण ४, आइतबार

    सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन ः उपसभापति निधि

    नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताउनुभयो । “प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो । यस्तो प्रगति...

  • २०७६ फाल्गुण ४, आइतबार

    पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

    भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ । तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एक डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन् । भ्रमण वर्षलाई सफल बनाउन र रामपुरमा आन्तरिक...

  • २०७६ फाल्गुण ३, शनिबार

    तापक्रम निरन्तर बढ्दो क्रममा

    काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिनुभयो । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । “जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,” मौसमविद्...

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रदेश कार्यालयका पूँजीगत खर्च १८ प्रतिशत

    चालू आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारअन्तर्गत तनहुँमा रहेका कार्यालयले छ महिनामा पूँजीगत खर्च १८ प्रतिशत मात्र गरेका छन् । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ती कार्यालयले पूँजीगततर्फ विनियोजन भएको रकममध्ये १८ प्रतिशत मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारअन्तर्गतका १७ कार्यालयलाई चालू आवमा पूँजीगततर्फ रु एक अर्ब १८ करोड ९२ लाख एक हजार ८५४ विनियोजन...

  • २०७६ फाल्गुण २, शुक्रबार

    बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि

    जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको सङ्क्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत...

  • २०७६ फाल्गुण २, शुक्रबार

    फरक क्षमता भएका फूलखेतीमा आकर्षित

    यहाँका फरक क्षमता भएका युवा व्यावसायिकरूपमा फूलखेती गरी आफ्नो जीवन पनि फूल जस्तो सुन्दर बनाउन यस व्यवसायमा आकर्षित हुँदै आएका छन् । फूलखेतीबाट प्रशस्त आम्दानी हुने भएपछि फरक क्षमता भएका व्यक्ति फूल खेतीप्रति आकर्षित बनेका हुन् । समाजमा फरक क्षमता भएका व्यक्तिले अपमानित जीवन बिताइरहँदा तानसेन नगरपालिका–९ अर्खलेमा माडी माण्डव्य कृषि समूहमा सङ्गठित हुँदै फूलखेतीमा आफ्नो भविष्य खोजी गर्न थालेका हुन्...

  • २०७६ फाल्गुण २, शुक्रबार

    महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

    महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक...

  • २०७६ फाल्गुण २, शुक्रबार

    केरूङ नाकाको बन्द यथावत

    कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका...

Pages