STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रचण्डद्वारा अम्ब्रेला स्ट्रिट शुभारम्भ

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गर्नुभयो । बिहीबार शुभारम्भ गर्दै उहाँले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करिब रु तीन करोडको लागतमा निर्माण...

  • २०७६ फाल्गुण २, शुक्रबार

    बर्दघाट नगरपालिका स्तनपान कक्ष

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालन ल्याएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । “सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको हो । अहिले ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो...

  • २०७६ फाल्गुण २, शुक्रबार

    आमाबुबाको पूजन समारोह सम्पन्न

    संस्कार, संस्कृति र जीवनशैलीको पहिचान बढाउने उद्देश्यले आज यहाँ आमाबुबाको पूजन समारोह आयोजना गरियो । राधाकृष्ण योग सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित सो पूजन समारोहमा करीब ५०१ आमा–बुबालाई छोरा–छोरीले पूजा गरेका थिए । यसअघि केन्द्रले आदर्श संस्कार शिविरअन्तर्गत सरस्वती मुद्रा, आदर्श जीवनचर्या, मनोविज्ञान, शरीर विज्ञान, आहार र स्मरण बढाउने विधि तथा स्वर विज्ञान योग प्रशिक्षण दिइएको थियो । समारोहमा...

  • २०७६ फाल्गुण २, शुक्रबार

    शान्ति समाजद्वारा पाँच पुरस्कार स्थापना

    मानव अधिकार तथा शान्ति समाजले स्व राधादेवी दाहाल, स्व श्रीप्रसाद दाहाल, स्व नारायण दाहाल, स्व जोगमाया बराल र स्व भूमिप्रसाद बराल स्रष्टा सौगात गरी पाँच पुरस्कार स्थापना गरेको छ । योसँगै शान्ति समाजले स्थापना गरेको पुरस्कार सङ्ख्या आठ पुगेको छ । स्रष्टा सौगात पुरस्कारअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका पाँच जना स्रष्टालाई जनही रु १५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत...

  • २०७६ फाल्गुण २, शुक्रबार

    नौ महिनापछि ताला खुला

    जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोल्नुभएको हो । ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । अध्यक्षमा अमर खवासको...

  • २०७६ फाल्गुण २, शुक्रबार

    टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै

    ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो । यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो । मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष...

  • २०७६ फाल्गुण २, शुक्रबार

    वृक्षरोपण अभियानमा मुख्यमन्त्री

    पश्चिमा संस्कृतिको बढ्दो प्रभावसँगै केक काटेर जन्मदिन मनाउने प्रचलन बढिरहेका अवस्थामा लमजुङको बेँसीशहरमा थालिएको वृक्षरोपण अभियान प्रभावकारी बन्दै गएको छ । विसं २०७५ मङ्सिर २९ गतेदेखि औपचारिक शुभारम्भ गरिएको यो अभियानले जनमानसमा सकारात्मक छाप पार्दै गएको जन्मदिनमा वृक्षरोपण अभियान समितिका अध्यक्ष वासुदेव सेढार्इंले जानकारी दिनुभयो । सर्वसाधारणदेखि समाजका लब्धप्रतिष्ठित व्यक्तिसमेतको यस अभियानमा...

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रदेश कार्यालयका पूँजीगत खर्च १८ प्रतिशत

    चालू आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारअन्तर्गत तनहुँमा रहेका कार्यालयले छ महिनामा पूँजीगत खर्च १८ प्रतिशत मात्र गरेका छन् । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ती कार्यालयले पूँजीगततर्फ विनियोजन भएको रकममध्ये १८ प्रतिशत मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारअन्तर्गतका १७ कार्यालयलाई चालू आवमा पूँजीगततर्फ रु एक अर्ब १८ करोड ९२ लाख एक हजार ८५४ विनियोजन...

  • २०७६ फाल्गुण २, शुक्रबार

    बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि

    जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको सङ्क्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत...

  • २०७६ फाल्गुण २, शुक्रबार

    फरक क्षमता भएका फूलखेतीमा आकर्षित

    यहाँका फरक क्षमता भएका युवा व्यावसायिकरूपमा फूलखेती गरी आफ्नो जीवन पनि फूल जस्तो सुन्दर बनाउन यस व्यवसायमा आकर्षित हुँदै आएका छन् । फूलखेतीबाट प्रशस्त आम्दानी हुने भएपछि फरक क्षमता भएका व्यक्ति फूल खेतीप्रति आकर्षित बनेका हुन् । समाजमा फरक क्षमता भएका व्यक्तिले अपमानित जीवन बिताइरहँदा तानसेन नगरपालिका–९ अर्खलेमा माडी माण्डव्य कृषि समूहमा सङ्गठित हुँदै फूलखेतीमा आफ्नो भविष्य खोजी गर्न थालेका हुन्...

  • २०७६ फाल्गुण २, शुक्रबार

    महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

    महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक...

  • २०७६ फाल्गुण २, शुक्रबार

    केरूङ नाकाको बन्द यथावत

    कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका...

Pages