राष्ट्रिय
-
२०७६ फाल्गुण ६, मंगलबार
बल्ल शुरु भयो घरदैलो कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन...
-
२०७६ फाल्गुण ६, मंगलबार
सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट
सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने...
-
२०७६ फाल्गुण ६, मंगलबार
नलगाडको मुआब्जा वितरणको बाटो खुल्यो
नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो । मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी माग सम्बोधन भएपछि मुआब्जा वितरणको बाटो खुलेको छ । पीडितले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री वर्षमान पुनलगायतलाई भेटेर मुआब्जाको रकम...
-
२०७६ फाल्गुण ६, मंगलबार
७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता प्रदान प्रमुख ज्ञवाली
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताउनुभएको छ । उहाँले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताउनुभयो । कुन घर किन बनेन भन्ने बारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।...
-
२०७६ फाल्गुण ६, मंगलबार
मोटर र झोलुङ्गे पुल निर्माण
म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभयो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा रु दुई करोड छ लाखको लागतमा २० मिटर लम्बाइ र छ मिटर चौडाइ भएको मोटर...
-
२०७६ फाल्गुण ६, मंगलबार
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला शुरु
गलकोट नगरपालिका–५ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु भएको छ । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी विस्तार गर्न कार्यशाला सहयोगी बन्ने धारणा राख्नुभयो । “दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ, एक करोडमा...
-
२०७६ फाल्गुण ६, मंगलबार
हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता मन्त्री फुयाँल
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । मन्त्री फुयाँलले राससकर्मीसंँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने...
-
२०७६ फाल्गुण ६, मंगलबार
क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग
राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । चीनबाट नेपाली विद्यार्थीलाई समयमै...
-
२०७६ फाल्गुण ५, सोमबार
३०० वर्ष पुरानो ऐतिहासिक ‘निगु पुखुः’ पुनर्निर्माण शुरु
मध्यपुरथिमि नगरपालिका–४ मा रहेको प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये ठूलो पोखरीको पुनर्निर्माण शुरु भएको छ । दुई पोखरीमध्येको सानो पोखरीको पुनर्निर्माण सम्पन्न गरेको नगरपालिकाले आजदेखि ठूलो पोखरीको संरक्षण तथा पुनर्निर्माण शुरु गरेको हो । पोखरीको पुनर्निर्माणको आज वाग्मती प्रदेशका प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास...
-
२०७६ फाल्गुण ५, सोमबार
‘मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताउनुभएको छ । मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकारले सदनमा प्रस्तुत गरेका दुवै विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको छ, यस्तो कार्य प्रजातन्त्र र...
-
२०७६ फाल्गुण ५, सोमबार
चौथो इन्द्रदह पर्यटन उत्सव हुने
धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो । पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न पर्यटन उत्सव...
-
२०७६ फाल्गुण ५, सोमबार
मातृभाषामा पनि राष्ट्रियगान हुनुपर्ने माग !
सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवस यही फेब्रुअरी २१ (फागुन ९ गते) काठमाडौंमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस जनस्तरीय अभियानको आयोजनामा सो दिन काठमाडौंको असनमा एक वृहद् कार्यक्रमको आयोजना गरिने भएको छ । मातृभाषा दिवस मनाउने सन्दर्भमा फागुन ४ गते आइतबार जनस्तरीय अभियानले एक अन्तक्र्रिया कार्यक्रम गरेको थियो ।...


