relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ फाल्गुण २, शुक्रबार

    महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

    महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक...

  • २०७६ फाल्गुण २, शुक्रबार

    केरूङ नाकाको बन्द यथावत

    कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका...

  • २०७६ फाल्गुण २, शुक्रबार

    सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ सञ्चारमन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताउनुभएको छ । क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गर्नुभयो । डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध...

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी नियमावली ल्याउन माग

    सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ जारी भएको डेढ वर्ष बितिसक्दा पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा आउन नसकेकामा सरोकार निकायले ध्यानाकर्षण गराएका छन् । महिला, कानून र विकास मञ्चले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा नियमावली नबन्दा संविधान बनेको तीन वर्षमा कानून बनाइसक्नुपर्ने संवैधानिक प्रावधानसमेत कार्यान्वयन नभएको जानकारी गराइयो । ऐन विसं २०७५ असोज २ गते दुवै सदनबाट...

  • २०७६ फाल्गुण २, शुक्रबार

    नेवाः देय् दबूको कावासोति र चौडण्डीगढ अधिवेशन सम्पन्न

    काठमाडौं– नेवाः देय् दबूको कावासोति र चौडण्डीगढ नगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । देय् दबू कावासोति नगर कमिटीको प्रथम अधिवेशनले भुवराज श्रेष्ठको अध्यक्षतामा ९ जनाको नगर कार्यसमिति गठन गरेको छ । यसैगरी उदयपुरको बेलटारमा भएको चौडण्डीगढ नगर कमिटीको प्रथम अधिवेशनले रमेश प्रधानको अध्यक्षतामा नयाँ नगर कमिटी गठन गरेको छ । प्रधानको अध्यक्षतामा ८ जनाको नगर कमिटी गठन गरिएको छ । नेवाः देय् दबूका...

  • २०७६ फाल्गुण २, शुक्रबार

    सप्तकोशीमा पानीजहाज बन्द सुरक्षा माग

    असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखी जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द...

  • २०७६ फाल्गुण २, शुक्रबार

    जनचाहना अनुसार सरकारले काम गरेको छ ः मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक बिहीबार यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गर्नुभयो । “देशको अवस्था र...

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रचण्डद्वारा अम्ब्रेला स्ट्रिट शुभारम्भ

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गर्नुभयो । बिहीबार शुभारम्भ गर्दै उहाँले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करिब रु तीन करोडको लागतमा निर्माण...

  • २०७६ फाल्गुण २, शुक्रबार

    बर्दघाट नगरपालिका स्तनपान कक्ष

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालन ल्याएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । “सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको हो । अहिले ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो...

  • २०७६ फाल्गुण २, शुक्रबार

    आमाबुबाको पूजन समारोह सम्पन्न

    संस्कार, संस्कृति र जीवनशैलीको पहिचान बढाउने उद्देश्यले आज यहाँ आमाबुबाको पूजन समारोह आयोजना गरियो । राधाकृष्ण योग सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित सो पूजन समारोहमा करीब ५०१ आमा–बुबालाई छोरा–छोरीले पूजा गरेका थिए । यसअघि केन्द्रले आदर्श संस्कार शिविरअन्तर्गत सरस्वती मुद्रा, आदर्श जीवनचर्या, मनोविज्ञान, शरीर विज्ञान, आहार र स्मरण बढाउने विधि तथा स्वर विज्ञान योग प्रशिक्षण दिइएको थियो । समारोहमा...

  • २०७६ फाल्गुण २, शुक्रबार

    शान्ति समाजद्वारा पाँच पुरस्कार स्थापना

    मानव अधिकार तथा शान्ति समाजले स्व राधादेवी दाहाल, स्व श्रीप्रसाद दाहाल, स्व नारायण दाहाल, स्व जोगमाया बराल र स्व भूमिप्रसाद बराल स्रष्टा सौगात गरी पाँच पुरस्कार स्थापना गरेको छ । योसँगै शान्ति समाजले स्थापना गरेको पुरस्कार सङ्ख्या आठ पुगेको छ । स्रष्टा सौगात पुरस्कारअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका पाँच जना स्रष्टालाई जनही रु १५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत...

  • २०७६ फाल्गुण २, शुक्रबार

    नौ महिनापछि ताला खुला

    जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोल्नुभएको हो । ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । अध्यक्षमा अमर खवासको...

Pages