relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ माघ २९, बुधबार

    कोरोना भाइरसको लक्षण मिल्दाेजुल्दाे रोगी सिन्धुपाल्चोकमा !

    काठमाडौं– सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्ने लक्षण देखिएका रोगी देखिएका छन् । यस्ता रोगी भेटिएपछि गाउँपालिकाले रोग पहिचानको आग्रह गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका रोगी भेटिएका हुन् । गाउँपालिकाको पत्रअनुसार गुम्बा बस्तीमा रुखाखोकी र अत्यधिक ज्वरोको लक्षण भएका विरामी...

  • २०७६ माघ २९, बुधबार

    नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान ः व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

    नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उहाँलाई दज्र्यानी चिह्नबाट सुशोभित गर्नुभयो । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि...

  • २०७६ माघ २९, बुधबार

    पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल

    गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास सङ्घ नेपाल डेभलपमेन्ट कन्सोर्टियम को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल विकास सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास सङ्घका संस्थापक सदस्य देवदत्त...

  • २०७६ माघ २९, बुधबार

    प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल

    नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित हुनुभएको छ । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित हुनुभएको हो । दुलालले २८५ मत प्राप्त गर्नुभयो भने गौतमले १९३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी...

  • २०७६ माघ २९, बुधबार

    तातोपानी कुण्डको अनुसन्धानमा जापानी नागरिक

    प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको अनुसन्धान र प्रचारप्रसारका लागि जापानी अनुसन्धानकर्ता लागिपरेका छन् । दुई वर्षअघिदेखि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । “सबै तातोपानी कुण्डमा पुग्न मलाई दुई महिना लाग्यो,...

  • २०७६ माघ २९, बुधबार

    सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो । उहाँका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताउनुभयो । सो क्षेत्रमा हाल देखा...

  • २०७६ माघ २९, बुधबार

    भक्तपुरका जनतामा कोरोनाको त्रास

    जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्ने गरेका छन् । कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र...

  • २०७६ माघ २९, बुधबार

    दाताहरु भन्दैछन्– “हाम्रो जग्गा फिर्ता देउ”

    आफ्नै दैलोअगाडि बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरका खड्कबहादुर जिसीले वर्षभरि खानपुग्ने धान फल्ने खेत निःशुल्क उपलब्ध गराए । बसपार्क बन्ने आशामा जिसीले जग्गा दिएको १६ वर्ष पूरा भएको छ । बस पार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो जग्गा समितिको नाममा दिएको बर्षौं बित्यो । तर अहिलेसम्म न बसपार्क बन्यो र नत जग्गा नै फिर्ता भयो । उपल्लाचौरको...

  • २०७६ माघ २९, बुधबार

    सुँगुरको खोरसँगै सुत्न बाध्यछन् रुन्तीहरु

    रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आउनुभएको छ । एक्काइस वर्षीया रुन्तीका दुई छोरी र एक छोरा छन्, उनीहरु पनि त्यही खोरमै जन्मिएका हुन् । जेठी छोरी पूजा चार वर्षकी भइन्, छोरा नितिश तीन...

  • २०७६ माघ २९, बुधबार

    पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट

    सर्वोच्च अदालतमा बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई अनुसन्धानको दायरामा ल्याउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाई आज वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गर्नुभएको रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई अख्तियारको छानबिनको दायरामा ल्याउनुपर्ने...

  • २०७६ माघ २९, बुधबार

    खरिपाटी ल्याइने नेपाली चिकित्सकीय निगरानीमा रहने

    काठमाडौं– बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको छ । दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ । चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोनाभाइरसबाट प्रभावित हुबेमा रहेका झन्डै दुई सय नेपालीहरूको उद्धारका लागि अन्य...

  • २०७६ माघ २८, मंगलबार

    अप्ठ्यारो परे मलाई भन्नुहोस् प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सिआइपी सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याउनुभयो । उहाँले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार...

Pages