STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २८, मंगलबार

    चीनका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याइने

    खरिपाटीमा राख्दा स्थानीयले विरोध नगर्ने काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ । मन्त्रिपरिषदको बैठकले फागुन ३ गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ । वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन् । वुहानमा रहेकालाई ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका...

  • २०७६ माघ २८, मंगलबार

    त्रिभुवन विमानस्थलको कफि पसलमा लागेको आगो नियन्त्रणमा

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलमा माघ २७ गते सोमबार राति आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थाननजिकको प्रतीक्षा कक्षसँगै रहेको कफि पसलमा आगो लागेको हो । आगो लागेको केही समयपछि नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने देखिएको छ । आगलागीका कारण निघौतक विमानस्थलको उडान अवतरण अवरुद्ध बनेको थियो ।...

  • २०७६ माघ २८, मंगलबार

    मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध

    मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो । टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन,...

  • २०७६ माघ २८, मंगलबार

    संविधानमा मूल भावना नसमेटिएको उपेन्द्र यादव

    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिकरूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको उल्लेख गर्नुभयो । संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक...

  • २०७६ माघ २८, मंगलबार

    काँग्रेसद्वारा प्रदर्शन

    डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ । युवाहरूमाथि झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै काँग्रेसले झुटा मुद्दा फिर्ता गर्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको हो । काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका...

  • २०७६ माघ २७, सोमबार

    निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआई नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सो जानकारी दिनुभयो । उहाँले जिल्लाका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको...

  • २०७६ माघ २७, सोमबार

    बुद्धत्व प्राप्तिको प्रस्थानविन्दु अनोेमाघाटमा पूर्णिमा उत्सव

    लुम्बिनी भ्रमण वर्षका अवसरमा ऐतिहासिक धार्मिक एवं पुरातात्विकस्थल ‘अनोेमाघाट’मा पूर्णिमा उत्सव मनाइयो । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आइतबार साँझ उत्सव मनाइएको हो । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिका लागि केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको स्थलका रुपमा सो घाट सुपरिचित छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा अवस्थित सो घाटलाई पर्यटकीयस्थलका रुपमा...

  • २०७६ माघ २७, सोमबार

    पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

    विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आउनुभएको थियो । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा ९पदमार्ग० मार्फत भकुण्डे पुग्नुभयो । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिनुभयो । पहिलेको ढुङ्गे परम्परागत पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले...

  • २०७६ माघ २७, सोमबार

    खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा

    स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एसपिएस नेशनल इन्क्वाइरी प्वाइन्ट बबरमहल काठमाडौँद्वारा आइतबार यहाँ आयोजित अन्तरक्रिया...

  • २०७६ माघ २७, सोमबार

    रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणबाट श्रीलंकाले हात झिक्यो

    काठमाडौं– ललितपुरको रातो मछिन्द्रनाथ (बुंगःद्यः) मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको श्रीलंका सरकार पुनर्निर्माणबाट बाहिरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले श्रीलंका सरकारले ठेक्का लगाइसकेपछि सहयोग गर्न नसक्ने जानकारी गराएको बताए । स्थानीयले पुरानै शैलीमा मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग राखेपछि पुनर्निर्माणको काम रोकिएको थियो...

  • २०७६ माघ २७, सोमबार

    फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

    पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम आइतबार बेलुकी नै समापन गरी व्रतालु रातभर जाग्राम बसेका थिए । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८...

  • २०७६ माघ २७, सोमबार

    समाजसेवी श्रेष्ठ अस्वस्थ

    पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ । श्रेष्ठको हेरचाह गर्दै आउनुभएका टङ्कनाथ पौडेलका अनुसार श्रेष्ठलाई समस्या देखिएपछि अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने र डा शीतल अधिकारीको निगरानीमा उपचार शुरु...

Pages