राष्ट्रिय
-
२०७६ माघ २९, बुधबार
दाताहरु भन्दैछन्– “हाम्रो जग्गा फिर्ता देउ”
आफ्नै दैलोअगाडि बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरका खड्कबहादुर जिसीले वर्षभरि खानपुग्ने धान फल्ने खेत निःशुल्क उपलब्ध गराए । बसपार्क बन्ने आशामा जिसीले जग्गा दिएको १६ वर्ष पूरा भएको छ । बस पार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो जग्गा समितिको नाममा दिएको बर्षौं बित्यो । तर अहिलेसम्म न बसपार्क बन्यो र नत जग्गा नै फिर्ता भयो । उपल्लाचौरको...
-
२०७६ माघ २९, बुधबार
सुँगुरको खोरसँगै सुत्न बाध्यछन् रुन्तीहरु
रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आउनुभएको छ । एक्काइस वर्षीया रुन्तीका दुई छोरी र एक छोरा छन्, उनीहरु पनि त्यही खोरमै जन्मिएका हुन् । जेठी छोरी पूजा चार वर्षकी भइन्, छोरा नितिश तीन...
-
२०७६ माघ २९, बुधबार
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई अनुसन्धानको दायरामा ल्याउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाई आज वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गर्नुभएको रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई अख्तियारको छानबिनको दायरामा ल्याउनुपर्ने...
-
२०७६ माघ २९, बुधबार
खरिपाटी ल्याइने नेपाली चिकित्सकीय निगरानीमा रहने
काठमाडौं– बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको छ । दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ । चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोनाभाइरसबाट प्रभावित हुबेमा रहेका झन्डै दुई सय नेपालीहरूको उद्धारका लागि अन्य...
-
२०७६ माघ २८, मंगलबार
पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
प्राकृतिक विपत्तिका साथै समयसमयमा फैलिने रोगजन्य प्रकोपको प्रभाव नेपाली पर्यटन बजारमा पर्ने गरेको छ । पछिल्ला केही वर्षमा विनाशकारी भूकम्प, हिम आँधी, बाढीजन्य प्रकोप आदिले प्रभाव पारेको पोखराको पर्यटनमा यतिखेर भने भाइरल सङ्क्रमणको असर पर्ने सङ्केत देखिएको छ । छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइस यतिखेर नेपालको पर्यटनका लागि पनि चुनौती बन्ने प्रारम्भिक सङ्केत देखिएको पोखरेली पर्यटन व्यवसायीले...
-
२०७६ माघ २८, मंगलबार
अप्ठ्यारो परे मलाई भन्नुहोस् प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सिआइपी सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याउनुभयो । उहाँले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार...
-
२०७६ माघ २८, मंगलबार
चीनका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याइने
खरिपाटीमा राख्दा स्थानीयले विरोध नगर्ने काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ । मन्त्रिपरिषदको बैठकले फागुन ३ गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ । वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन् । वुहानमा रहेकालाई ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका...
-
२०७६ माघ २८, मंगलबार
त्रिभुवन विमानस्थलको कफि पसलमा लागेको आगो नियन्त्रणमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलमा माघ २७ गते सोमबार राति आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थाननजिकको प्रतीक्षा कक्षसँगै रहेको कफि पसलमा आगो लागेको हो । आगो लागेको केही समयपछि नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने देखिएको छ । आगलागीका कारण निघौतक विमानस्थलको उडान अवतरण अवरुद्ध बनेको थियो ।...
-
२०७६ माघ २८, मंगलबार
मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध
मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो । टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन,...
-
२०७६ माघ २८, मंगलबार
संविधानमा मूल भावना नसमेटिएको उपेन्द्र यादव
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिकरूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको उल्लेख गर्नुभयो । संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक...
-
२०७६ माघ २८, मंगलबार
काँग्रेसद्वारा प्रदर्शन
डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ । युवाहरूमाथि झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै काँग्रेसले झुटा मुद्दा फिर्ता गर्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको हो । काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका...
-
२०७६ माघ २८, मंगलबार
छाडा कुकुर व्यवस्थापन गर्दै नगरपालिका
असोज कात्तिक महिनामा मात्रै होइन, अहिले पनि बागलुङबजारका विभिन्न चोक, गल्ली र टोलमा छाडा कुकुर छरपस्ट देखिन्छ । देखिने मात्र होइन, बेला बेला उस्तै आक्रामक भएर पनि आउने गर्दछ । छाडा कुकुरको व्यवस्थापनका विषयमा स्थानीय सरकारका रूपमा बागलुङ नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयप्रति तीव्र प्रश्न पनि उठ्छ तर यसलाई विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप...


