STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ १६, बिहिबार

    शहीदका सपना साकार बनाउन इमान्दारीका साथ भूमिका निर्वाह गरौँः राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने बताउनुभएको छ । ‘शहीद दिवस, २०७६’ का अवसरमा आज सन्देश जारी गर्दै उहाँले शहीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस...

  • २०७६ माघ १६, बिहिबार

    निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

    कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै...

  • २०७६ माघ १६, बिहिबार

    बढ्दै श्रीपञ्चमीको महिमा

    पछिल्ला वर्षमा पोखरा र आसपासमा श्रीपञ्चमीको महिमा र गरिमा बढ्दै गएको छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआजा गर्ने प्राचीनकालदेखिको प्रचलन भए पनि पछिल्ला वर्षको यसको महत्व अझै बढ्दै गएको हो । पोखराको विन्ध्यवासिनी परिसरस्थित सरस्वतीको मन्दिरका साथै विभिन्न धार्मिक स्थल एवं शिक्षालयका सरस्वती मन्दिरमा आज बिहानैदेखि विद्यार्थीको भीड लागेको छ ।...

  • २०७६ माघ १६, बिहिबार

    हात्तीपाइलेविरुद्ध अभियान ः दश वर्षमा घट्यो दश प्रतिशत

    नेपालगञ्ज उपमहानगरपालिका ठूलो सङ्ख्याल बासिन्दाले हात्तीपाइले विरुद्धको औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘असफल’ भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६७ देखि जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्य सञ्चालन गर्दै आएको छ । अभियान सञ्चालन गर्नुपूर्व साविकको रझेना गाविसको ६ र ७ वडामा १०१ को रगत जाँच गर्दा २१ प्रतिशतमा सो रोग देखा परेको थियो । पाँच वर्ष औषधि सेवनपछि...

  • २०७६ माघ १६, बिहिबार

    प्रधानमन्त्रीबाट शहीदप्रति श्रद्धाञ्जलि अर्पण

    प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । यसअघि बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट...

  • २०७६ माघ १६, बिहिबार

    रु एक सय विद्युत महसुल बुझाउन १५ सय खर्च

    जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युत्को न्यूनतम महशुल मूल्य रु १०० बुझाउन रु एक हजार ५०० खर्च गर्नु परिरहेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले वर्षौंदेखि यस्तो नियति झैल्दै आएका छन् जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा,...

  • २०७६ माघ १६, बिहिबार

    मासुचिउरा पाएपछि बालबालिका खुशी

    तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै गएको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको छ । कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिनुभयो । दिवा खाजा कार्यक्रमबाट २१ विद्यालयका ६२८ छात्रछात्रा लाभान्वित भएका छन् । आर्थिक वर्ष...

  • २०७६ माघ १६, बिहिबार

    खम्ब गाडिएको छ वर्षपछि हात्तीवाङमा बिजुली

    इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा विद्युतको पोल गाडेको छ वर्षपछि बिजुली बलेको छ । धादिङ जिल्लाबाट तार विस्तार गरेर सो क्षेत्रमा बिजुली बाल्ने काम भएको हो । सांसद कृष्णभक्त पोखरेलले विद्युतीकरणको शुभारम्भ गर्दै बाँकी रहेका क्षेत्रमा छिट्टै बिजुली पुग्ने जानकारी दिनुभयो । प्रदेशसभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष...

  • २०७६ माघ १६, बिहिबार

    शान्ति र विकासमार्फत शहीदप्रति सच्चा सम्मान

    प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येयलाई आत्मसात् गर्न सबैमा आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले २००७ सालदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ...

  • २०७६ माघ १६, बिहिबार

    पूर्ण सरसफाइ अभियान शुरु

    बिर्तामोड नगरपालिकासहित गौरीगञ्ज र कमल गाउँपालिकाका १४ वडामा ‘नमूना पूर्ण सरसफाइ अभियान’ शुरुआत गरिएको छ । अभियानअन्तर्गत ती वडालाई पूर्ण सरसफाइ उन्मुख बनाइने भएको छ । सन् २०३० सम्ममो देशलाई नै पूर्ण सरसफाइ उन्मुख बनाउने सरकारी लक्ष्यअनुसार तीन स्थानीय ती वडाका १५ बस्तीमा नमूनाका रुपमा पूर्ण सरसफाइ अभियानको काम शुरुआत गरिएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोम आचार्यले...

  • २०७६ माघ १६, बिहिबार

    शहीदको योगदान सधैँ स्मरणीय छ ः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको छ भन्नुभयो । सन्देशमा भनिएको छ, “स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ...

  • २०७६ माघ १५, बुधबार

    टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै

    काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो । टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि रु एक÷एक...

Pages