राष्ट्रिय
-
२०७६ माघ १७, शुक्रबार
पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताउनुभयो । उहाँले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको...
-
२०७६ माघ १७, शुक्रबार
पर्यटन प्रवद्र्धन गर्न सडक स्तरोन्नति
आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकको स्तरोन्नतिको कार्यमा जोड दिन थालेको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति गर्न थालेको हो । पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने र पदमार्ग निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । झिलमिला...
-
२०७६ माघ १७, शुक्रबार
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । रामपुरमा नेपाल भ्रमण वर्ष २०२० मा पाल्पाको कालीगण्डकीमा जलयात्रा र प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको हो । रामपुर नगरपर्यटन प्रवद्र्धन समितिले आउँदो फागुन २४ गतेदेखि साताव्यापी कालीगण्डकीमा जलयात्रा, बाहुनडाँडाबाट प्याराग्लाइडिङ साथै यहाँका धार्मिक...
-
२०७६ माघ १७, शुक्रबार
विद्यार्थी हुनु त यस्तो पो
आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले रु तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका–५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उहाँलाई...
-
२०७६ माघ १७, शुक्रबार
कपुरधारामा छैन खानेपानीको धारा
खानेपानी तथा ढल निकास विभागको नजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ तर काठमाडौँ महानगरपालिका–२६ कपुरधाराको अवस्था भने यस्तै छ । खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गर्नुभयो । खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानी समेत आउन मुस्किल हुने...
-
२०७६ माघ १७, शुक्रबार
प्रअदेखि पियनसम्म महिला ः हेड सरभन्दा दङ्ग परेर हेर्दछन्
महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–१० मा अवस्थित खैरा माध्यमिक विद्यालयले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला हुनुहुन्छ । प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको...
-
२०७६ माघ १७, शुक्रबार
हिउँदे वर्षात्ले तरकारीमा क्षति
पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै...
-
२०७६ माघ १७, शुक्रबार
हस्तकलाका सामग्री बनाउन रमाउँदै थारु महिला
बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन् । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्षसमेत रहेका नेपालगञ्ज–९ बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थारु हस्तकलाका सामान उत्पादन गर्न...
-
२०७६ माघ १६, बिहिबार
राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै...
-
२०७६ माघ १६, बिहिबार
प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वसन्त पञ्चमी श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा देश, प्रदेश र विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उहाँले वैदिककालदेखि नै ज्ञानज्योतिको रूपमा विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै आएको यस पर्वको अवसरमा स्रष्टा, सर्जक र साहित्य, सङ्गीत कलासाधक तथा...
-
२०७६ माघ १६, बिहिबार
श्रीपञ्चमी सरस्वतीको पूजाराधना गरी मनाइँदै
प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।...
-
२०७६ माघ १६, बिहिबार
करिडोर बनेपछि बढ्यो व्यवसाय
बागलुङको जैमिनी नगरपालिका–७ जैदीका बैकुण्ठ पौडेल अहिले गुल्मीको पुर्तिघाटमा व्यवसाय गरेर बस्नुहुन्छ । पाँच वर्षअघिसम्म सामान्य काम पर्दा उहाँ बागलुङ र पर्वतको कुश्मा आउनुपथ्र्यो । खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको खरीद गर्न हिँडेर सदरमुकाम आउनुपथ्र्यो । दूरीले नजिक भए पनि पुर्तिघाट बजार अपायक पथ्र्यो । उक्त स्थानबाट मानिसहरु सामान्य किनमेलका लागि बागलुङ र कुश्मातर्फ आउँथे । अहिले कालीगण्डकी...


