STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ १४, मंगलबार

    हिंसा निगरानी समूहलाई क्षमता अभिवृद्धि तालीम

    हिंसा न्यूनीकरण गरी मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले गौरीगङ्गा नगरपालिकास्तरीय सञ्जाल हिंसा निगरानी समूहका लागि ‘क्षमता अभिवृद्धि’ तालीम सोमबार धनगढीमा सम्पन्न भएको छ । एफएमडिसी तथा विकास र परिवर्तनका लागि सञ्चारद्वारा आयोजित उक्त तालीममा तालीममा मानवअधिकारकर्मी तथा अधिवक्ता चेतराज भट्टले मानवअधिकार, राज्यको कार्यान्वयनको अवस्था, संविधान प्रदत्त मौलिक हक, पीडितका कानूनी अधिकार, विवाद...

  • २०७६ माघ १४, मंगलबार

    दुई पर्यटकीय गन्तव्य जोड्न पदमार्ग

    यहाँको ऐतिहासिक दुई पर्यटकीय गन्तव्यस्थललाई जोड्न करीब डेढ किमी पदमार्गको निर्माण कार्य शुरु गरिएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर र वडा नं ९ को पाण्डुकेशरी गुफाबीचको आउजाउ सहज बनाउन पदमार्गको निर्माण शुरु गरिएको हो । करीब डेढ किमी दूरीको पदमार्ग निर्माण यही वर्ष सक्ने लक्ष्य लिइएको छ । व्यवस्थित पदमार्गका लागि वडा नं ७ बाट गत आव र चालू आवमा गरी रु चार लाख बजेट...

  • २०७६ माघ १४, मंगलबार

    कृषि यान्त्रिकीकरणमा जोडः किसानलाई अनुदानमा कृषि औजार वितरण

    कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँच÷पाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण...

  • २०७६ माघ १४, मंगलबार

    अग्र्यानिक नगर बनाउन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको निर्माण

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको काम अन्तिम चरणमा पुगेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अग्र्यानिक नगर बनाउने उद्देश्यले शुरु गरिएको उक्त निर्माणाधीन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगका लागि आवश्यक मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल र वायोग्याँस उत्पादन शुरु हुने जनाइएको छ । उद्योगका लागि...

  • २०७६ माघ १४, मंगलबार

    वन्यजन्तुको तथ्याङ्क संकलनः दश चितुवा भेटिए

    पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको हो । प्राप्त प्रारम्भिक तथ्याङ्कमा चितुवा, बाँदर, वनकुखुरा, ढुकुर, मृगलगायतका वन्यजन्तु ठूलो मात्रा रहेको देखिन्छ । गाउँपालिकाको अधिकांश वन क्षेत्रमा बाँदर, मृग र स्याललगायतका...

  • २०७६ माघ १४, मंगलबार

    मन्दिर निर्माणका लागि रु दश लाख सहयोग

    कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु १० लाखको चेक हस्तन्तरण गरिएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाको तर्फबाट रु १० लाखको चेक मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशराज पन्तलाई सोमबार हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख चौधरीले मन्दिर निर्माण भएपछि यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । रु दुई करोड ५० लाखको लागतमा...

  • २०७६ माघ १४, मंगलबार

    राजश्व छली रोक्न २१ पाइले अभियान

    राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिनुभएको हो । “हेर्नुहोस्, राजश्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन”, प्रमुख बिसीले भन्नुभयो, “राजश्व छल्ने सबै ढुवानीका साधन राजमार्गबाटै...

  • २०७६ माघ १४, मंगलबार

    चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

    चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे । मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले...

  • २०७६ माघ १३, सोमबार

    प्लाष्टिकको छानामुनि सुत्न विवश कैदीबन्दी

    जिल्ला कारागार डोटीका कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा समस्या भएको हो । पानी पर्दा छानाबाट पानी चुहिने भएकाले प्लाष्टिकको छाना बनाएर सुत्न बाध्य भएका छन् । वर्षौं पुरानो कारागार जीर्णभएको छ । कारागारमा पुरुष ४३ र महिला चार गरी हाल कूल ४७ बन्दी रहेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण...

  • २०७६ माघ १३, सोमबार

    झोले र पोके सामान आयातमा प्रतिबन्ध

    उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ । भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो । कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको...

  • २०७६ माघ १३, सोमबार

    जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण

    सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ । कूल १३ आना जग्गामा करिब रु एक करोड ५० लाखको लागतमा भवन बनेको समितिका अध्यक्ष नवीन प्रजापतिले जानकारी दिनुभयो । दुईतला आधा रहेको यो भवनमा नौ कोठा, मेस...

  • २०७६ माघ १३, सोमबार

    निकुञ्ज घुम्दै राजदूत

    नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज यहाँ आउँदै हुनुहुन्छ । वाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्। प्रवद्र्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलङ्का, मलेसिया...

Pages