राष्ट्रिय
-
२०७६ माघ १३, सोमबार
लागुऔषध र मदिरा नियन्त्रित कर्णाली प्रदेश बनाइने
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागुऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने जानकारी दिनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिका लागि विपद्् व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले लागुऔषध कारोवार तथा प्रयोगमा पूर्ण निषेध गरिने बताउनुभएको हो । मदिराको...
-
२०७६ माघ १३, सोमबार
पुल बनेपछि बाटो छोट्टियो
सुनकोशीस्थित कुनाइघाटमा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङ र उदयपुरको सिमानामा एक करोड नौ लाख लागतमा १५८ मिटर लम्बाइ भएको पुल निर्माण गरिएको हो । वर्षौंदेखि डुङ्गाको भरमा आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ भाते जोड्ने सो स्थानको पुल निर्माणको जिम्मा जगदम्बा निर्माण सेवा हलेसीले लिएको थियो । पुल सञ्चालनमा आपछि...
-
२०७६ माघ १३, सोमबार
कोटामा मुख्यमन्त्री नमूना कृषि गाउँ स्थापना
तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँ स्थापना गर्ने सरकारको लक्ष्यबमोजिम कोटामा नमूना कृषि गाउँ स्थापना गरिएको हो । देवघाट गाउँपालिकालाई प्राङ्गारिक कृषिउपज गाउँपालिका घोषणाको लागि सबै पहल भइरहेको अवस्थामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाले यसलाई सहयोग पु¥याएको...
-
२०७६ माघ १३, सोमबार
प्लाष्टिकको छानामुनि सुत्न विवश कैदीबन्दी
जिल्ला कारागार डोटीका कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा समस्या भएको हो । पानी पर्दा छानाबाट पानी चुहिने भएकाले प्लाष्टिकको छाना बनाएर सुत्न बाध्य भएका छन् । वर्षौं पुरानो कारागार जीर्णभएको छ । कारागारमा पुरुष ४३ र महिला चार गरी हाल कूल ४७ बन्दी रहेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण...
-
२०७६ माघ १३, सोमबार
झोले र पोके सामान आयातमा प्रतिबन्ध
उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ । भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो । कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको...
-
२०७६ माघ १३, सोमबार
जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण
सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ । कूल १३ आना जग्गामा करिब रु एक करोड ५० लाखको लागतमा भवन बनेको समितिका अध्यक्ष नवीन प्रजापतिले जानकारी दिनुभयो । दुईतला आधा रहेको यो भवनमा नौ कोठा, मेस...
-
२०७६ माघ १३, सोमबार
निकुञ्ज घुम्दै राजदूत
नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज यहाँ आउँदै हुनुहुन्छ । वाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्। प्रवद्र्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलङ्का, मलेसिया...
-
२०७६ माघ १०, शुक्रबार
घुँगीको माग बढ्दो, माछासँगै व्यावसायिक पालन गर्न सकिने
थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ । घुँगीको लोकप्रियता बढेसँगै पछिल्लो समय पश्चिम नवलपरासीमा यसको माग बढ्न थालेको छ । माघीलगायतका विभिन्न पर्वहरुमा लाग्ने मेला महोत्सवमा घुँगीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि...
-
२०७६ माघ १०, शुक्रबार
माधवनारायण पशुपतिमा
साँखुमा एक महिनासम्म चल्ने माधवनारायण मेलाका क्रममा विभिन्न स्थानमा परदेश यात्रा समेत हुने गर्दछ । यसैक्रममा आज पशुपति आर्यघाटमा माधव नारायणलाई स्नान गराई पशुपतिमा व्रत पूजा गर्ने कार्य सम्पन्न भएको छ । हिजो साँखुबाट बज्रयोगिनी पुगेर त्यहाँ पुजा गरी व्रतालुहरु पशुपतिमा बास बस्न आएका थिए । आज सानो गौचरणमा व्रतालुहरुले भोजन गरीसकेछि फर्पिङमा पुगेर त्यहाँ बास बस्नेछनु भने त्यहाँ भोलि स्नान पूजा...
-
२०७६ माघ १०, शुक्रबार
पाँचखालमा भेटिएको ‘स्तम्भ’ प्राचीन भएको पुष्टी
खोज तथा अनुसन्धानका क्रममा पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा फेला परेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । करीब चार महिनाअघि भेटिएको उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुई थाममध्येको एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको हो । उक्त स्तम्भ प्राचीन भएको विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार विभिन्न अभिलेख...
-
२०७६ माघ १०, शुक्रबार
सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित
दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ । उहाँका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत रहेका छन् । गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गर्नु भएको थियो । छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताउनुभयो ।...
-
२०७६ माघ १०, शुक्रबार
कोरियाली प्रविधिको ‘प्यानल हाउस’ बारे जानकारी दिँदै सर्वसाधारण
पोखराको जारी दशौँ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियाली प्रविधिबाट निर्मित ‘प्यानल हाउस’ बारेमा बुझ्न दर्शक उत्सुक देखिएका छन् । कोरियाली प्रविधिबाट फलामबाट सजिलै निर्मित हुने प्यानल हाउस सस्तो र बलियो हुने भएकाले सर्वसाधारणको चासो बढेको हो । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस प्रति वर्गफिट रु दुई हजारको दरले निर्माण गर्न सकिने भएकाले धेरैले उत्सुकतापूर्र्वक अवलोकन गर्दै...


