राष्ट्रिय
-
२०७६ माघ १०, शुक्रबार
सुपारी बगान भित्र कागती खेती फस्टाउँदो
झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गर्नुभएको पाँच वर्ष बढी भयो । व्यावसायिक रुपमा सुपारी खेती गर्दै आउनुभएका उहाँले सुपारी बगानभित्रै मरिच र अलैँची खेती हुँदै अहिले कागती खेती गरिरहनुभएको छ । थोरै जमीनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उहाँले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाउनुभएको छ । अहिले उहाँको...
-
२०७६ माघ १०, शुक्रबार
विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभएको छ । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उहाँले गोर्खाली सेनाको नाम सुन्नासाथ विश्व थर्कमान हुने काम सोही युद्धले गराएको जनाउनुभएको छ । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा आज यहाँ...
-
२०७६ माघ ९, बिहिबार
राष्ट्रियसभा निर्वाचनको मतदान शुरु
राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन÷तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ ।...
-
२०७६ माघ ९, बिहिबार
फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर
गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु । भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाको...
-
२०७६ माघ ९, बिहिबार
भिजिट नेपाल २०२० को उपलक्ष्यमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन घोषणा
कीर्तिपुर नगरपालिकाको आयोजनामा उपत्यका नगरपालिका फोरमको विस्तारित बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपत्यकाका सम्पूर्ण नगरपालिकाका मेयर–उपमेयर एवं ककनी गाउँपालिकाबाट गाउँपालिका प्रमुखका साथ विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कीर्तिपुर १० वडास्थिति हिलसाइड होटल रिसोर्टमा माघ ८ गते बुधबार भएको उक्त विस्तारित बैठकमा उपत्यकाका तीन नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति नरहेको जानकारी आयोजक...
-
२०७६ माघ ९, बिहिबार
सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ
तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दो छ । विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको...
-
२०७६ माघ ९, बिहिबार
निकुञ्ज घुम्दै राजकुमारी
बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै हुनुहुन्छ । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले...
-
२०७६ माघ ९, बिहिबार
सिद्धगुफाबाट भ्रमण वर्षको शुरुआत
तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा भ्रमण वर्षको शुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सो गुफालाई सूचीकृत गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुआत गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बुधबार भ्रमण...
-
२०७६ माघ ९, बिहिबार
पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक नेता पौडेल
नेपाल कम्युनिष्ट पार्टी नकेपाका स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताउनुभएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसाइटमा आज आयोजना गरिएका सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सदस्यसमेत रहनुभएका उहाँले बागलुङमा धेरै...
-
२०७६ माघ ९, बिहिबार
सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्छ भन्नुभयो । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको बाटोतर्फ...
-
२०७६ माघ ९, बिहिबार
राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा
राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको छ । बुद्धवचन अनुवाद समिति र तमु बौद्ध सेवा समितिले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा विद्वान्बाट प्रज्ञापारमिताको पाठ गरिएको हो । बौद्ध गुरु टुल्कु धमछोयले विशेष पूजा गरी करिब ३०० बौद्ध अनुयायीलाई आयु अभिषेकको प्रवचनसमेत दिनुभयो । बौद्ध साहित्यको सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा...
-
२०७६ माघ ९, बिहिबार
आवास निर्माणमा ढिलाइ
विनाशकारी भूकम्पले क्षति पु¥याएका घरको पुनर्निर्माण गर्न किस्ता नआउँदा आवास निर्माणमा ढिलाइ भएको छ । पुनर्निर्माण आयोजना जिल्ला कार्यान्वयन एकाइ दोलखाका प्रमुख गणेश आर्यालका अनुसार जिल्लामा एक हजार ८२१ जनाको पहिलो, दोस्रो र तेस्रो किस्ता वापत रु १८ करोड ५० लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । अहिले कार्यालयमा रकम लिन प्रभावितको घुइँचो लाग्दै आएको उहाँले जानकारी दिनुभयो । विसं २०७६ को कात्तिक...


