राष्ट्रिय
-
२०७६ माघ ७, मंगलबार
काम पूरा नगरी भुक्तानी माग्न गएपछि ।
अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पाइएको छ । रु ४२ लाखमा...
-
२०७६ माघ ७, मंगलबार
राष्ट्रियसभा निर्वाचन गण्डकीमा २३० मतदाता
यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेको निर्वाचनमण्डल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ...
-
२०७६ माघ ७, मंगलबार
पश्चिमी वायुको प्रभाव वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना...
-
२०७६ माघ ७, मंगलबार
भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गर्नुभयो । सोका लागि...
-
२०७६ माघ ६, सोमबार
संरक्षण नहुँदा सिद्धेश्वर शिवालय मन्दिरको अस्तित्व सङ्कटमा
विसं १८१० मा निर्मित सिद्धेश्वर शिवालय मन्दिर जोगाउन गाउँले जुटेका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित मन्दिरको पुनः निर्माणसहित वृहत्तर विकास योजना अघि बढाइएको छ । संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो । “दशवर्षे गुरुयोजना बनाएर काम थालेका छौँ”, मन्दिर संरक्षण परिषद्का अध्यक्ष ज्ञानबहादुर थापाले भन्नुभयो, “जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्यका रुपमा चिनाउने लक्ष्य छ ।” उहाँका अनुसार...
-
२०७६ माघ ६, सोमबार
भ्रमण वर्ष ‘एक महिना, एक कार्यक्रम’
नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरि बागलुङका होटल व्यवसायलाई पर्यटकमैत्री बनाइने भएको छ । बागलुङ पर्यटन विकास समितिले ‘एक महिना, एक कार्यक्रम’ अनुसार पहिलो महिना पोखरामा सफल ठानिएका लेकसाइडका होटल रेष्टुराँको अध्ययन अवलोकन गर्ने भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति र बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी समितिको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ...
-
२०७६ माघ ६, सोमबार
उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा
उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उहाँले बताउनुभयो । हिमपहिरो...
-
२०७६ माघ ६, सोमबार
महाधिवेशन तोक्न युनियनको बैठक
महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङगलबार चितवनमा हुने भएको छ । बैठकले नवाँै महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । यसअघि मङ्सिरमा महाधिवेशन हुने भनिएपनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन । युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध...
-
२०७६ माघ ६, सोमबार
बन्ने भो अग्यौलीमा चिस्यान केन्द्र
नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले...
-
२०७६ माघ ६, सोमबार
तरकारीमा आत्मनिर्भर बनाइँदै
दार्चुलाको नौगाड गाउँपालिकाले तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको छ । गाउँपालिकाले वडा नम्बर २ दल्लेख, सुण्डमुण्डु तथा वडा नम्बर ५ को बसर क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गरी यहाँका तीन वटा बस्तीलाई तरकारी करिडोर बनाएर तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई महत्व दिएर योजना कार्यान्वयन शुरु गरेको छ ।...
-
२०७६ माघ ६, सोमबार
एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने
बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य,...
-
२०७६ माघ ६, सोमबार
एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने
बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य,...


