राष्ट्रिय
-
२०७६ माघ ८, बुधबार
राष्ट्रियसभा निर्वाचन राजनीतिले तात्दै बर्दिवास
एकाबिहानै उठ्दा बाक्लो हुस्सुले छपक्कै छोपेको हुन्छ । सिरेटोले लगलगी मुटु कमाउँदो छ तर आसन्न राष्ट्रियसभा निर्वाचनले महोत्तरीको बर्दिवास नगरमा राजनीतिक तापमान भने ह्वात्तै बढाएको छ । प्रदेश नं २ मा चार सदस्य पदका लागि बिहीबार हुने निर्वाचनको तयारीमा दलहरु बर्दिवास केन्द्रित भएका छन् । नेकपा–राजपा र नेका–समाजवादी पार्टी गरी दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने चुनावका अधिकांश मतदाता अहिले बर्दिवासमा...
-
२०७६ माघ ८, बुधबार
‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने जो कसैलाई पनि कारवाही गरिने बताउनुभयो । जमिनको अतिक्रमण व्यापकरुपमा बढिरहेकाले अतिक्रमित जग्गा...
-
२०७६ माघ ८, बुधबार
विकास योजना सम्पन्नको रकम भुक्तानी नहुँदा बेहाल
प्रदेश नं। २ मा विकास योजना सम्पन्नको रकम भुक्तानी र विनियोजन गरिएको रकम निकासा नहुँदा अवस्था बेहाल छ । प्रदेश सरकारले योजना सम्पन्नको रकम भुक्तानी नगरेका कारण उपभोक्तादेखि मन्त्रीसम्म मारमा परेका छन् भने सरकारले प्रदेशमा विनियोजन गरेको रकम निकासाको पहल नगरेका कारण प्राविधिक अन्योलमा परेका छन् । योजना सम्पन्नको रकम नभएको भुक्तानीका मारमा उपभोक्ता समितिका पदाधिकारीदेखि मन्त्रीसम्म परेका छन् भने...
-
२०७६ माघ ८, बुधबार
मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ । समितिको आजको बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयन बारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो । समितिका सभापति रामनारायण बिडारीले उद्योग, वाणिज्य...
-
२०७६ माघ ७, मंगलबार
चारआली–केचना चक्रपथको काम शुरु
मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । चारआली–केचना रिङरोड नामकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग रु १२ करोड १२ लाख ९४ हजार २८१ को लागतमा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म सो सडक बन्न सकेको थिएन । देशकै होचो भूभाग कचनकवल पुग्ने सडक निर्माण शुरु भएसँगै स्थानीयवासी हर्षित छन् । सडक सञ्जालको पहुँच कचनकवलसम्म नपुग्दा...
-
२०७६ माघ ७, मंगलबार
दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हँुदै
दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र प्रहरी बल शिविर स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । यो आर्थिक वर्षभित्रै राजपुर गाउँपालिकाको वडा नं ६ को खङ्ग्रानाका, ७ को भौवानाका, भैसाही, दगमारा, खाङ्ग्रा,...
-
२०७६ माघ ७, मंगलबार
काम पूरा नगरी भुक्तानी माग्न गएपछि ।
अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पाइएको छ । रु ४२ लाखमा...
-
२०७६ माघ ७, मंगलबार
राष्ट्रियसभा निर्वाचन गण्डकीमा २३० मतदाता
यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेको निर्वाचनमण्डल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ...
-
२०७६ माघ ७, मंगलबार
पश्चिमी वायुको प्रभाव वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना...
-
२०७६ माघ ७, मंगलबार
भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गर्नुभयो । सोका लागि...
-
२०७६ माघ ७, मंगलबार
डोली र डोला हेर्न थारू सङ्ग्रहालय पुग्नै पर्छ
शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारू सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन , सस्कृति र जनजीवनलाई सङग्रालयमा जीवन्त प्रस्तुत गरिएको छ । यसका लागि परम्परागत शैलीमा घर निर्माण तथा सौर्य ऊर्जा जडान समेत गरिएको छ । थारू समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागत रुपमा प्रयोग गर्ने वस्तु सङग्रालयमा राख्न १२ थारू गाउँका वडघरलाई जिम्मा...
-
२०७६ माघ ७, मंगलबार
तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ
प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ...


