STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २, बिहिबार

    गरीबी र बेरोजगारी हटाउँदै सहकारी

    यहाँ सञ्चालित सहकारी संस्थाले झण्डै रु दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीका लगानी रहेको छ । बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड तानसेनको २०औँ साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार व्यक्तिगत घर खर्च, व्यापार÷व्यवसाय, पढाइ खर्च, वैदेशिक रोजगारीका क्षेत्रमा समेत सहकारीका...

  • २०७६ माघ २, बिहिबार

    चेपाङको जीवनस्तर उकास्न परियोजना

    इच्छाकामना गाउँपालिका भित्र रहेका चेपाङ समुदायको सामाजिक तथा आर्थिक उन्नयन गर्न परियोजना शुरुआत भएको छ । सो गाउँपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ भन्ने नाराका साथ परियोजना शुरु गरेको हो । सस्थाका अध्यक्ष ध्रुव गिरीलले विभिन्न प्रतियोगितामार्फत यहाँका स्थानीयवासीमा परिवर्तन गर्ने परियोजनाको लक्ष्य रहेको जानकारी दिनुभयो । यसअघि...

  • २०७६ माघ २, बिहिबार

    खोलाखर्कमा बल्यो बत्ती

    बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि खुशीको कुनै सीमा नरहेको हो । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बरेङ गाउँपालिकाका–१ मा केन्द्रीय प्रसारण लाइन जोडिएको र विद्युतीकरण सम्पन्न भएको जानकारी दिनुभयो । गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले...

  • २०७६ माघ २, बिहिबार

    सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि

    सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो । आयोगका कार्यालय प्रमुख बाराम खतिवडाले गत आर्थिक वर्षमा एक हजार २७७ भ्रष्टाचारको मुद्दा दर्ता भएकामध्ये धेरैजसो उजुरी स्थानीय सरकारविरुद्ध रहेको जानकारी दिनुभयो । उजुरीमध्ये धेरैजसो आर्थिक अनियमितता तथा गुणस्तरहीन...

  • २०७६ माघ २, बिहिबार

    २२औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरी

    बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरी निकालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत गरिएको थियो । प्रदेशसभा सदस्य, कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका प्रमुख, उपप्रमुखलगायत सहभागी प्रभातफेरीमा ‘घटाऔँ भूकम्पको...

  • २०७६ माघ २, बिहिबार

    प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु

    प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो । पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले...

  • २०७६ माघ २, बिहिबार

    सुदूरपश्चिममा ‘चेली त्यार’ शुरु

    सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार शुरु भएको छ । विवाह गरेर पराईको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात त्यारमाडो दिने भन्ने गर्दछन् । विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ ९त्यारमाडोे० दिने चलन रहेको छ । आफनो माइती नभएका अर्थात...

  • २०७६ माघ २, बिहिबार

    पोखरामा धरहरा

    धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन । तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो । भूकम्प पश्चात सबैको चासो र चर्चामा रहेको धरहराको अनुभव गराउने उद्देश्यले युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा धरहरा ठड्याइएको छ । महोत्सवका सहभागीका लागि यतिखेर धरहरा नौलो...

  • २०७६ माघ २, बिहिबार

    कर्णालीमा ‘विकास परिषद् बैठक’ हुँदै

    कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो । बैठकको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुहुनेछ । कर्णाली प्रदेश योजना आयोग ९गठन तथा कार्य सञ्चालन० आदेश, २०७५ को दफा ७ को प्रावधानबमोजिम पहिलो...

  • २०७६ माघ १, बुधबार

    राष्ट्रपतिसँगको माघे सङ्क्रान्तिमा रमाए बालबालिका

    “मनबिनाको धन ठूलो कि धनबिनाको मन आकाशैमा उडी जाने ए चरी भन दुनियाँलाई नियाल्ने तँ ए आकाश भन।।।” विद्यार्थी शतीराम रोकायले माइक समातेर यो चर्चित गीत गाउन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै रहेका बालबालिका त रमाए नै, राष्ट्रपति भण्डारी र सहभागी विशिष्ट व्यक्तिको अनुहारमा खुशी छाएको थियो । गीत गाइसकेपछि रोकायले मन नै भएन भने धनको काम नलाग्ने र धनभन्दा मन नै ठूलो हो भन्ने विचार दिएर मञ्चबाट...

  • २०७६ माघ १, बुधबार

    राजमार्गको अतिक्रमण हटाइने

    झापामा पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा छ वटा नगरपालिका क्रमशः मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक पर्दछ भने एउटा कमल गाउँपालिका पर्दछ । सडकको सीमा मिचेर...

  • २०७६ माघ १, बुधबार

    भीमसेन मन्दिर पुनःनिर्माणमा इन्भेष्टमेण्ट बैंकको सहयोग

    पाटनको प्रसिद्ध भीमसेन मन्दिर पुनःनिर्माणका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले आज रु ५० हजार सहयोग गरेको छ । मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले सो रकम हस्तान्तरण गर्नुभएको हो । सो बैंकका अध्यक्ष पुथ्वीबहादुर पाण्डेले केही समय पहिले नै उक्त रकमको घोषणा गर्नुभएको थियो । आज प्रतिबद्धताअनुसार रकम हस्तान्तरण गरिएको हो । सहयोग ग्रहण...

Pages