राष्ट्रिय
-
२०७६ पौष २८, सोमबार
शहरीमा मन्त्री बाँस्कोटाको बहालीसँगै अघि बढ्यो ‘बाजेबज्यै पार्क’
शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । सो मन्त्रालयकोसमेत कार्यभार सम्हानुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गर्नुभयो । नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । सो पार्क...
-
२०७६ पौष २८, सोमबार
चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा जोड
कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधिअन्तर्गत कृषि विकास निर्देशनालय विराटनगरले विविध योजना सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने सो योजनाअन्तर्गत चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा रु ३५ लाखका दरले २० वटा समूहलाई वजेट विनियोजन गरेको छ । निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले दिनुभएको जानकारी अनुसार कृषि बजार तथा सङ्कलन केन्द्र निर्माणमा रु ५० लाख, नमूना कृषि फार्म...
-
२०७६ पौष २८, सोमबार
भोजन, अन्न, दक्षिणा दान गर्दै सम्यक पर्व मनाइदैँ
बौद्ध धर्मावलम्बीले सम्यक दान पर्व अगामी माघ १ गते भव्य रुपमा मनाउने भएका छन् । नेपाल सम्वत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ । सम्यक दान व्यवस्थापन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पर्व मनाउन तयारी पूरा भएको जनाएको छ । पाँच दिपकंरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई यहाँको नियमित र ऐच्छिक सम्यक भोजन गराई सम्यक दान पर्व मनाइन्छ । चतुबह्म...
-
२०७६ पौष २८, सोमबार
पत्रकार सिंहको स्मृतिमा अक्षयकोष स्थापना हुने
जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ । उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कोषमा रु पाँच लाख प्रदान गरिने भिजिट मधेशद्वारा आइतबार जनकपुरमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो । उहाँले ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने जानकारी दिँदै स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउनेलाई सम्मान प्रदान गरिने बताउनुभयो ।...
-
२०७६ पौष २८, सोमबार
घरआँगनमा स्वास्थ्य सेवा प्रदान
तनहुँको भीमाद नगरपालिका–८ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित दुई दिने स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भीमाद नगरपालिका र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको थियो । भीमाद नगरपालिकाका विभिन्न वडा र स्याङ्जाको हरिनास गाउँपालिकाका...
-
२०७६ पौष २८, सोमबार
रामपुरमा शीतभण्डार स्थापना गरिने, कृषक उत्साहित
कृषिजन्यउपजलाई सुरक्षित भण्डारण गर्न पाल्पाको रामपुर नगरपालिकामा शीतभण्डार स्थापना हुने भएको छ । कृषि शाखा कार्यालयको परिसरमा ३०० मेट्रिक टन क्षमताको भण्डारण बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार डिपिआर तयार भइसकेको जनाइएको छ । प्रदेश नम्बर ५ को सशर्त अनुदान रकम रु पाँच करोड ९४ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी डिपिआर तयार भएको नगरपालिकाका सूचना अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो ।...
-
२०७६ पौष २८, सोमबार
सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना
सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर केन्द्र स्थापना गर्ने तयारी गरेको हो । सुर्खेतमा २०६५ सालदेखि साविकको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा सानो परिमाणमा रत्न पत्थर प्रशोधन विकास केन्द्र सञ्चालनमा आएको थियो । प्रदेश सरकारका...
-
२०७६ पौष २८, सोमबार
मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि
पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि भण्डार हो । विभिन्न जातजाति भाषाभाषीको बसोबास रहेको पोखरा आसपासका गाउँमध्ये मगर जातिको बसोबास भएको ठाउँ हो पोखरा महानगरपालिका–२१ को चिलाउने खर्क । मगर समुदायका संस्कार तथा संस्कृति अध्ययन गर्न पाइने यो ठाउँलाई स्थानीय सक्रियतामा समुदायकै...
-
२०७६ पौष २८, सोमबार
पश्चिममा वर्षा र हिमपात
पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ । मौसमी प्रणालीमा छिटो–छिटो परिवर्तन आएका कारण केही दिन मौसम सफा हुने र फेरि...
-
२०७६ पौष २८, सोमबार
समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिनुभयो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना...
-
२०७६ पौष २८, सोमबार
ढाका पोशाक ः महिलाको रोजाइमा
स्वदेशी उत्पादनमा पाल्पाली ढाकाको महत्व निकै छ । विसं २०१५ देखि शुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय पहिचान बनाएको छ । शिरदेखि पाउसम्ममा विभिन्न पोसाकहरु अहिले ढाकाबाट बन्न थालेका छन् । विभिन्न डिजाइनमा समेत उपलब्ध हुन थालेपछि महिलाको विशेष रोजाइमा समेत ढाकाको कपडा पर्न थालेको छ । पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छ । मोनिका...
-
२०७६ पौष २८, सोमबार
रासस समाचार प्रभाव फिर्ता भए निमित्त प्रमुख प्रशासकीय अधिकृत
विषयगत शाखाप्रमुखहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा जनताका सेवा प्रभावित भन्ने विषयमा राष्ट्रिय समाचार समिति ९रासस०को बुलेटिनमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ । राससमा समाचार प्रकाशित भएपछि दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साविकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ...


