राष्ट्रिय
-
२०७६ पौष २९, मंगलबार
फेरिँदैछ नेपालगञ्ज विमानस्थल
गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो । विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो । तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज...
-
२०७६ पौष २९, मंगलबार
देवघाटमा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ
धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु सङ्कलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरु गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा अवस्थित पवित्र धार्मिक क्षेत्र भरतपुर नगरपालिका–१ देवघाटधाममा सुन, चाँदी, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित आठ धातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गरिने लक्ष्यलाई सहयोग पु¥याउने उदेश्यका साथ...
-
२०७६ पौष २९, मंगलबार
विद्युत् चुहावट घट्दो
विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर रु १७ करोड हुन्छ । प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ । केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ । चुहावटमा प्राविधिकतर्फ ५० र...
-
२०७६ पौष २९, मंगलबार
भेरी करिडोर स् पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु
अस्थायीरूपमा ट्र्याक खुलेर यातायात सञ्चालन हुन थालेको १४ वर्षपछि पासागाड–रिम्ना सडकखण्डको कालोपत्र गर्ने कार्य शुरु भएको छ । भेरी करिडोरअन्तर्गत पर्ने जिल्ला सदरमुकामको पासागाडबाट रिम्नासम्मको पहिलो चरणमा कालोपत्रको काम शुरु गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । आज डिभिजन कार्यालयले बोलपत्र आह्वान गरेर कामको शुरुआत गरेको हो । जाजरकोटको पासागाडबाट डोल्पासम्म पर्ने भेरी करिडोरअन्तर्गत...
-
२०७६ पौष २८, सोमबार
रासस समाचार प्रभाव फिर्ता भए निमित्त प्रमुख प्रशासकीय अधिकृत
विषयगत शाखाप्रमुखहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा जनताका सेवा प्रभावित भन्ने विषयमा राष्ट्रिय समाचार समिति ९रासस०को बुलेटिनमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ । राससमा समाचार प्रकाशित भएपछि दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साविकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ...
-
२०७६ पौष २८, सोमबार
देवघाट मेलामा मांस र मदिरा निषेध
नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने...
-
२०७६ पौष २८, सोमबार
नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण
नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन गर्नुहुँदै नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने बताउनुभयो । उहाँले चीनसँग...
-
२०७६ पौष २८, सोमबार
दलित जनप्रतिनिधिको गुनासो हामीमाथि नै विभेद भयो
पाँचथरमा दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आफूहरुमाथि नै विभेद् भएको गुनासो गर्नुभएको छ । दलित समुदायका जनप्रतिनिधिले आफूहरुले समुदायको अपेक्षाअनुसार काम गर्न नपाएको, दलित समुदायका लागि उचित योजना निर्माण र बजेट विनियोजनमा समेत विभेद्मा परेका गुनासो गर्नुभएको हो । फिदिममा आयोजित अन्तक्र्रियामा सहभागी दलित जनपे्रतिनिधिले आफूहरुलाई साक्षीका रुपमा मात्रै प्रयोग गरिएको...
-
२०७६ पौष २८, सोमबार
मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा
मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम ९फाइनल फिनिसिङ० बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २।५ किलोमिटर र भित्ता ढलान २।५ किलोमिटर बाँकी थियो । बाँकी काम अहिले...
-
२०७६ पौष २८, सोमबार
चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै
राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो । चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम...
-
२०७६ पौष २८, सोमबार
राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।
-
२०७६ पौष २८, सोमबार
भूमिहीन भूकम्पपीडितको समस्या समाधान गर्न माग
भूमिहीन, गुठी, वन, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न उपत्यकाका नगरपालिकाका जनप्रतिनिधिले माग गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआइ नेपालले आइतबार यहाँ आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नीति, प्रगति, चुनौती र भावी योजना विषयक अन्तक्र्रिया कार्यक्रममा बूढानीलकण्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुखले सार्वजनिक जग्गामा बस्ने...


