relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ पौष २७, आइतबार

    तारुकामा २१ हल गोरु जुधाइने

    नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको...

  • २०७६ पौष २७, आइतबार

    जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण

    नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र...

  • २०७६ पौष २५, शुक्रबार

    दुई औद्योगिक ग्राम बन्ने

    स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो । दुवै ठाउँमा गरिएको प्रारम्भिक सम्भाव्यता अध्ययनपछि सरकारले औद्योगिक ग्राम स्थापनाका लागि स्वीकृत प्रदान गरेको बागलुङ नगरपालिकाका प्रमुख...

  • २०७६ पौष २५, शुक्रबार

    सामुदायिक वनका प्रणेता नीलप्रसाद भण्डारी

    उजाडिँदै गएको नाङ्गो वन पाखालाई समुदायले मात्र संरक्षण गरी हरियाली जङ्गलमा परिणत गर्न सकिन्छ भन्ने दृढ अठोट बोकेका सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका–१ ठोकर्पाका समाजसेवी नीलप्रसाद भण्डारी विश्वमै उदाहरण प्रस्तुत गर्दै ८२ वर्षको उमेरमा बुधबार यस संसारबाट बिदा हुनुभयो । विस १९९५ मा जन्मनुभएका भण्डारी २२ वर्षकै उमेरमा २०१७ सालमा राजनीतिमा प्रवेश गरी त्यसको एक वर्षपछि तत्कालीन ठोकर्पा गाउँ पञ्चायतको...

  • २०७६ पौष २५, शुक्रबार

    ‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’

    प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सन झापाको २९ औँ स्थापना दिवसको अवसरमा झापाको विर्तामोडमा आयोजित निजी विद्यालयको योगदान, अवसर, चुनौती र सम्भाव्यता विषयक अन्तरक्रियात्मक कार्यक्रममा उहाँले हिजोको र आजको परिस्थिति फरक भएकाले निजी विद्यालयका सञ्चालकलाई ढुक्क भएर लगानी...

  • २०७६ पौष २५, शुक्रबार

    मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

    पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर उहाँको अन्त्येष्टि गरिएको छ । झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी...

  • २०७६ पौष २५, शुक्रबार

    छ करोड ६७ लाखमा बन्यो स्वास्थ्य केन्द्र भवन

    झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जाकारी दिनुभयो । उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो । अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि...

  • २०७६ पौष २५, शुक्रबार

    श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु

    हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा...

  • २०७६ पौष २४, बिहिबार

    प्राणी उद्यानका लागि डिपिआरको काम शुरु

    पर्यटक लोभ्याउन बागलुङ नगरपालिकाले ‘प्राणी उद्यान जुलोजिकल पार्क बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउने काम शुरु गरेको छ । बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रमा प्राणी उद्यान निर्माणका लागि डिपिआर बनाउने काम शुरु गरिएको हो । गत वर्ष गरिएको सम्भाव्यता अध्ययनमा उक्त क्षेत्रमा प्राणी उद्यान बन्न सक्ने देखिएपछि डिपिआरको काम थालिएको नगरप्रमुख जनकराज...

  • २०७६ पौष २४, बिहिबार

    अनाथ, गरिब र विपन्न परिवारका लागि मुठ्ठीदान अभियान

    राष्ट्रिय परोपकार महासङ्घ नेपाल पाल्पाले मुठ्ठीदान अभियान कार्यक्रम शुरु गरेको छ । अनाथ, गरिब र विपन्न परिवारको सहयोगार्थस्वरुप मुठ्ठीदान कार्यक्रम शुरु गरेको हो । परोपकार कार्यका लागि सहयोग सङ्कलन गर्न संस्थाले मुठ्ठीदान अभियान थालेको महासङ्घका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताउनुभयो । “सानो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहयोग पुग्ने हँुदा मुठ्ठीदान अभियान सञ्चालन गरेका छौँ, यस अभियानमा...

  • २०७६ पौष २४, बिहिबार

    सुकुम्वासीका लागि घर निर्माण शुरु

    चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ । इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर...

  • २०७६ पौष २४, बिहिबार

    विषादी प्रयोगमुक्त सप्ताह शुरु

    चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह शुरु भएको हो । नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ ।...

Pages