राष्ट्रिय
-
२०७६ पौष २४, बिहिबार
सिरहामा ७६६ जनता आवास निर्माण हुने
जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र सिरहामा विपन्न परिवारका लागि ७६६ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६÷०७७ को असारसम्ममा सिरहा जिल्लामा ७६६ र सप्तरीमा ६६६ पक्की आवास भवन निर्माण हुने शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो । बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट...
-
२०७६ पौष २४, बिहिबार
सञ्चालनमा नआउँदै थन्किन थाले एम्बुलेन्स
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ । डोटी जिल्ला अस्पतालमा आएको नयाँ...
-
२०७६ पौष २४, बिहिबार
खानेपानीबाट छ हजार घरधुरी लाभान्वित हुँदै
भानु नगरपालिका वडा नं ७ ,८ र ९ लाई लक्ष्य गरी खानेपानी वितरण गर्ने उद्देश्यले मस्र्याङ्गदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ । उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करीब तीन किलोमिटर दूरीमा पर्ने मस्र्याङ्दी नदी किनारबाट पानी तान्न लागिएको हो । आयोजना सम्पन्न भएपछि तीन वडाका करीब छ हजार घरधुरीका मानिस प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । आयोजनाको काम शुरु भएसंँगै...
-
२०७६ पौष २४, बिहिबार
समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरिने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामीदिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ । ” आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका...
-
२०७६ पौष २४, बिहिबार
बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद
वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क व्यवस्थापनको विषयलाई लिएर व्यवसायी र नगरपालिकाबीच विवाद बढेको छ । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्व व्यवसाय गरिरहेका व्यवसायीहरु अदालत पुगेका छन् । नगरपालिकाले पूर्वसहमतिको पालना नगरेको भन्दै ती ५४ व्यवसायीले बोलपत्र प्रक्रिया रद्द गर्न उच्च अदालत, सुर्खेतमा रिट दायर गरेका हुन् । दुवै...
-
२०७६ पौष २४, बिहिबार
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ । घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न...
-
२०७६ पौष २४, बिहिबार
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो । हिमपातले चिसो...
-
२०७६ पौष २३, बुधबार
वर्षात्ले किसान खुशी, बिरामी चिन्तित
पछिल्लो तीन साताभित्र दुईपटक परेको वर्षात्ले यहाँ खुशी र चिन्ता दुवै छाएको छ । गत शुक्रबार र शनिबार हल्का वर्षात् हुँदा किसान औधि खुशी भएका छन् । गतमङ्सिर महिनामा माटो गल्नेगरि जिल्लाभर पानी परेको थियो । वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामीलाई थप अप्ठ्यारोमा परेका छन् । गरीब बस्तीका वृद्धवृद्धा, स–साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले स्वास्थ्य समस्यामा परेका छन् । पछिल्लो...
-
२०७६ पौष २३, बुधबार
आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने
कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताउनुभएको छ । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार यहाँ आयोजित आगामी राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए । उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुुमा संशोधन तथा थप गर्नुुपर्ने सुुझाव...
-
२०७६ पौष २३, बुधबार
उपयोगिताविहीन हुँदै हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी
लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ । विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ । दूधपोखरी गाउँपालिकाका...
-
२०७६ पौष २३, बुधबार
किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन भेटिए दाता
झापाका तत्कालीन किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीलाई घर निर्माण गर्न स्थानीय समाजसेवी भक्तिप्रसाद तिवारीले जग्गा प्रदान गर्नुभएको छ । विसं २०२८ मा झापामा भएको किसान विद्रोहका क्रममा उहाँले नौ वर्ष तीन महिना कठोर जेल जीवन बिताउनु भएको थियो । ७० वर्षीय चौधरी आफन्तमा बस्दै आउनुभएको छ । बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिनेभएपछि तिवारीले साढे पाँच धुर जग्गा निःशुल्क उपलब्ध...
-
२०७६ पौष २३, बुधबार
विद्यालय भवन निर्माण बल्ल शुरु
भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ शिक्षा काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी÷ब्राइट जेभी पोखरीचौरी...


