राष्ट्रिय
-
२०७६ पौष २१, सोमबार
‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु
पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो । अहिले...
-
२०७६ पौष २१, सोमबार
अधिकारवादी नेता पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ नामक पुस्तक प्रकाशित भएको छ । यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ आलेख सङ्ग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । रु ३०० मूल्य रहेको १२२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम शान्ति...
-
२०७६ पौष २१, सोमबार
बस्तीको माग गर्दै १२ घण्टे आन्दोलन
पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–२५ का सिर्सियावासीले अब १२ घण्टे आन्दोलन थालेपछि एकीकृत जाँचचौकी ९आईसीपी० बाट भित्रिने सवारी साधनहरु रोकिएको छ । सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी भन्सार कार्यालयको मध्य भागमा रहेको सिर्सिया गाउँका बासिन्दाले दैनिक १२ घण्टा आन्दोलन गरी विरोध जनाउँदै आएको सङ्घर्ष समितिका अध्यक्ष अम्बिकाप्रसाद कुर्मीले बताउनुभयो ।...
-
२०७६ पौष २१, सोमबार
सबैभन्दा ठूलो राष्ट्रिय झण्डा मानहुँकोटमा राखिँदै
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले सो स्थानमा नेपालकै ठूलो झण्डा राख्न लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आगामी वैशाख १ गते मानहुँकोटमा नेपालको झण्डा फहराउने लक्ष्य...
-
२०७६ पौष २१, सोमबार
बन्ने भयो साढे एक हजार दलितको घर
जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन कार्यालय राजविराजले जनाएको छ । सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा सञ्चालित कार्यालयका प्रमुख कृष्णदेव झाले डोम र मुसहरका लागि सप्तरीमा ६६६ र सिरहामा ७६६ वटा पक्की आवास...
-
२०७६ पौष २१, सोमबार
रामबाच्छा सिरेटारी खानेपानी निर्माण अषडि वढ्यो
स्याङ्जाको वालिङ– १ रामबाच्छामा रामबाच्छा सिरेटारी लिफ्टिङ खानेपानी योजनाको निर्माण अगाडि वढेको छ । शहरीकरणसँगै जनसङ्ख्याको चाप बढ्दै गएपछि शुद्ध खानेपानीको आपूर्तिका गर्न सङ्घीय सरकारको करिव रुपैया नौकरोडको आर्थिक सहयोगमा खानेपानी योजनाको शिलान्यास गरिएको खानेपानी योजनाका अध्यक्ष झलकनारायण काफ्लेले जानकारी दिनुभयो । “बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि अर्मादीखोलाको लुतिबुडी भन्ने...
-
२०७६ पौष २१, सोमबार
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया
अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्टे«ेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ । गैरआवासीय नेपाली महासङ्घ...
-
२०७६ पौष २१, सोमबार
रणनीतिक सुधार कार्ययोजना तयार
प्रदेश नं। २ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, वन तथा वातावरण सम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिक सुधारको कार्ययोजना निर्माण गरेको छ । योजनाहरू मन्त्रालयमा राख्ने प्रवृतिको अन्त्य गर्न प्रादेशिक आवश्यकतालाई दृष्टिगत गरी सुधारको कार्ययोजना तयार गरिएको बताइएको छ । मन्त्रालयका सचिव डा पेमनारायण कँडेलका अनुसार तत्कालिन र दीर्घकालिन कार्ययोजना...
-
२०७६ पौष २१, सोमबार
प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन
भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आइतबार शुभारम्भ गर्नुभयो । करिब छ कट्ठा जमिनमा निर्माण गरिएको पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पमा कार्यालय भवन, जेनेरेटर...
-
२०७६ पौष २१, सोमबार
तनहुँमा बन्ने भो भानुभक्त प्राणी उद्यान ः डिपिआर तयार हुँदै
भानुभक्त प्राणी उद्यानले १२६ घरधुरीलाई प्रभावित बनाउने भएको छ । उद्यान निर्माण गर्न व्यास नगरपालिकाको वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५, ६ का चार वडागरी ९१२ रोपनी जग्गा अधिग्रहणमा परेपछि ती घरधुरी उद्यानबाट प्रभावित हुन लागेका हुन । उद्यानका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले प्रभावित क्षेत्रका सबै बासिन्दाले मुआब्जा दाबीको निवेदन दिइसकेका जानकारी दिनुभयो । जिल्लाको व्यास नगरपालिका–१२...
-
२०७६ पौष २१, सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिनुभयो । बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थाल्नुभएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ । अधिकृत लामिछानेले अहिले पाँच...
-
२०७६ पौष २१, सोमबार
जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग
राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ । ‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका थिए । जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ । कार्यक्रमम जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको...


