relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ पौष २३, बुधबार

    दुई दिनमा भत्काइयो ९३ छाउगोठ

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ । जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउगोठ...

  • २०७६ पौष २३, बुधबार

    शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान

    भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ । गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण...

  • २०७६ पौष २३, बुधबार

    चवालीस वर्षपछि सीमा विवाद समाधान

    कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाका दुई वडाको सीमा विवाद ४४ वर्षपछि समाधान भएको छ । विसं २०३२ मा साविक पिपलटार र भुम्लुटार गाउँपञ्चायतको सीमा ९हाल भुम्लु गाउँपालिकास्थित दुई वडा० विवाद हालै समाधान गरिएको हो । तत्कालीन सीमा विवादका कारण ४४ वर्षदेखि दुई वडाका करीब एक हजार परिवार लालपूर्जावहीन अवस्थामा रहँदै आएका छन् । “तत्कालीन गाउँपञ्चायतको सीमा विवाद हालै मात्र समाधान भयो”, वडा नं ८ का...

  • २०७६ पौष २३, बुधबार

    नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी भोली दिउँसो पनि सडक बन्द हुने

    नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरीे काम हुँदै आइरहेको छ । सो कार्य नसकिएको हुँदा भोली दिउँसो पनि सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने...

  • २०७६ पौष २३, बुधबार

    पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

    पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार९विसं १८१९० बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ । यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको...

  • २०७६ पौष २३, बुधबार

    जीतपुरसिमरा उपमहानगरपालिमा बेरुजुको चाङ , फछ्र्योटमा ध्यान गएन

    महालेखा परीक्षकको कार्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रु दुई करोड ७४ हजार बेरुजु देखिएको भन्दै चासो बढाएको छ । महालेखाले आर्थिक वर्ष २०७४÷७५ मा पदाधिकारीको तलबभत्तादेखि ठेकेदारसँग असुलउपर गर्नुपर्नेसम्मका रकम आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । महालेखाले विसं २०७५÷७६ को लेखा परीक्षणमा हिसाब मिलान गर्न पुनः पत्राचारसमेत गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

  • २०७६ पौष २३, बुधबार

    पाटन दरबारमा बज्ने भो डमरु, शङ्ख, मृदङ्ग र पञ्चताल

    स्थानीय मङ्गलबजारमा अवस्थित पाटन दरबार सङ्ग्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ । आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सङ्ग्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो । सङ्ग्रहालयले पाटन भित्रने पर्यटकलाई परम्परागत नेपाली बाजा र संस्कृतिका बारेमा जानकारी दिलाउन यसैअनुसारको योजना अघि...

  • २०७६ पौष २३, बुधबार

    ‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने

    नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो । भिजिट मधेश नेपालद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्प शुरुआत गरिएको छ । तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले...

  • २०७६ पौष २३, बुधबार

    वर्षात्ले किसान खुशी, बिरामी चिन्तित

    पछिल्लो तीन साताभित्र दुईपटक परेको वर्षात्ले यहाँ खुशी र चिन्ता दुवै छाएको छ । गत शुक्रबार र शनिबार हल्का वर्षात् हुँदा किसान औधि खुशी भएका छन् । गतमङ्सिर महिनामा माटो गल्नेगरि जिल्लाभर पानी परेको थियो । वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामीलाई थप अप्ठ्यारोमा परेका छन् । गरीब बस्तीका वृद्धवृद्धा, स–साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले स्वास्थ्य समस्यामा परेका छन् । पछिल्लो...

  • २०७६ पौष २३, बुधबार

    आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

    कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताउनुभएको छ । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार यहाँ आयोजित आगामी राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए । उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुुमा संशोधन तथा थप गर्नुुपर्ने सुुझाव...

  • २०७६ पौष २३, बुधबार

    उपयोगिताविहीन हुँदै हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी

    लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ । विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ । दूधपोखरी गाउँपालिकाका...

  • २०७६ पौष २२, मंगलबार

    अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

    धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधि खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन् । कर्यविधि बनाई परिचयपत्र वितरण गरिएको...

Pages