राष्ट्रिय
-
२०७६ पौष २७, आइतबार
पर्यटन प्रवद्र्धनमा नयाँ पुस्ता
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुसार देशभर पर्यटक लक्षित कार्यक्रम भइरहेका छन् । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्ष लागिपरेका छन् ।भ्रमण वर्ष सफल बनाउने तयारीमा नियमित खटिने तीन जना युवामा पर्नुहुन्छ केशव न्यौपाने, कृष्ण चौधरी र डा ओमप्रकाश मिश्र । उहाँहरुलाई भ्रमण वर्षले छपक्कै छोपेको छ । नयाँ पुस्ता सार्वजनिक गतिविधिमा सहभागी हुनुपर्छ...
-
२०७६ पौष २७, आइतबार
व्यास नगरक्षेत्रको खानेपानीको समस्या हट्दै
व्यास नगरपालिकाभित्र पानीको समस्या समाधान गर्न मादी नदी नयाँ लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार डिपिआर सम्पन्न भएको छ । नगरपालिकाको १४ वडामध्ये १ मा सबैभन्दा धेरै दुई हजार ४६० जनसङ्ख्या रहेका छन् । वर्षमा २०० देखि ३०० सम्म नयाँ घर निर्माण हुने क्रम बढेसँगै यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको छ । भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हालसम्म दुई हजार २७१...
-
२०७६ पौष २७, आइतबार
तनहुँलाई पूर्ण विद्युतीकरण गरिँदै
विद्युत् प्राधिकरण कार्यालय तनहुँले जिल्लालाई पूर्ण विद्युतीकरण गर्न लागेको छ । विद्युत् लाइन छुट भएका स्थानमा आपूर्ति गर्नका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ । आर्थिक वर्ष २०७६÷७७ असार मसान्तभित्र सबै क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्य रहेको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको दुई नगरपालिका र चार गाउँपालिका रहेका काठको पोल हटाएर स्टिल पोल...
-
२०७६ पौष २७, आइतबार
बल्ल कचनकवल,हल्दिवारी, बाह्रदशी हात्ती आतंकबाट मुक्त भए
दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान सम्पन्न भएको छ । कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएका छन् । चारकोसे जङ्गलका ११ वटा हात्तीबाट यस क्षेत्रका स्थानीयवासी केही वर्षअघिदेखि पीडित हुँदै आएका थिए । सांसद राजेन्द्रकुमार लिङ्देनको पहलमा प्रकृति संरक्षण कोष र सरकारको...
-
२०७६ पौष २७, आइतबार
पृथ्वीनारायण शाहप्रति संस्कृतिमन्त्रीबाट श्रद्धाञ्जलि
आधुनिक नेपालको एकीकरणमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान व्यक्त प्रकट गरिएको छ । दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको शालिक रहेको स्थानमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण...
-
२०७६ पौष २७, आइतबार
घरवासमा लोभिदै कोरियन
दक्षिण कोरियाको ‘हानशिन’ विश्वविद्यालयका २४ स्वयंसेवी विद्यार्थीले भकुण्डेको अतिथि सत्कार घरवासमा बिताए । यहाँको सत्कार, संस्कृति र खानपानमा औधि रमाए । शनिबार सबेरै मुलाबारीको दृश्यावलोकन स्तम्भ पुगे । सेताम्मे हिमाल हेरे, आफूलाई भुलाए । जनजाति सङ्ग्रहालय घुमे, दिउसो पैदलै सदरमुकाम फर्के । तीन घण्टाको पदयात्रापछि शुक्रबार साँझ उनीहरु बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे पुगेका थिए ।...
-
२०७६ पौष २७, आइतबार
माघीको तयारीमा जुटे थारू घरबास गाउँ भादाका बासिन्दा
धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा जुटेको पाइन्छ । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइलगायतका कार्यहरु धमाधम भइरहेको गाउँका वासिन्दा हनुमान चौधरीेले बताउनुभयो । उहाँले भन्नुभयो, “माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी,...
-
२०७६ पौष २७, आइतबार
शिक्षा मन्त्रीले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्र
बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गर्नुभएको थियो ।...
-
२०७६ पौष २७, आइतबार
माघीसँगै थारूको बड्घर छान्ने प्रचलन
थारू जातिको मुख्य चाड माघी र दशैँ हो । माघी उनीहरुको नयाँ वर्ष पनि हो । विशेष महत्व दिएर मनाइने माघी र उक्त दिनमा पर्ने नव वर्षले नयाँ काम शुरुआत र नयाँ नेतृत्वको निक्र्यौल गर्दछ । पुस २९ गते थारू जातिहरु रातभरि जाग्राम बस्छन् । त्यो दिन ठूलादेखि केटाकेटी सबैले आलु चोर्छन् । चोरेको आलु पोलेर खाने चलन छ । उक्त दिन आलु चोर्दा कसैले गाली गर्न पाउँदैन । आलु चोर्नु र पोलेर खान पाउनुलाई विशेष मज्जा...
-
२०७६ पौष २७, आइतबार
मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरे
मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो । जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक...
-
२०७६ पौष २७, आइतबार
तारुकामा २१ हल गोरु जुधाइने
नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको...
-
२०७६ पौष २७, आइतबार
जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण
नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र...


