राष्ट्रिय
-
२०७६ पौष २९, मंगलबार
एकैपटक तीन महिनालाई औषधि
भरतपुर अस्पतालले नियमित औषधि सेवन गर्नुपर्ने बिरामिलाई एकै पटकमा तीन महिनाको औषधि दिन शुरु गरेको छ । स्वास्थ्य बिमा गरेर अस्पताललाई पहिलो बिन्दु छानेका बिरामीको सुविधालाई ध्यानमा दिइ सो व्यवस्था शुरुआत गरेको हो । यसअघि एक पटकमा एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो । मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले बिरामीका लागि सहजहोस् भन्ने उद्देश्यले तीन महिनाको औषधि एकैपटक दिन शुरु गरिएको...
-
२०७६ पौष २९, मंगलबार
कर्णाली सुहाउँदो शिक्षा नीति ल्याउन जोड
सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो औँल्याएका हुन् । प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णालीको भूगोल, कला संस्कृति, इतिहास, पर्यापर्यटनलाई समेट्ने खालको शिक्षा नीति निर्माण गर्न जरुरी रहेको...
-
२०७६ पौष २९, मंगलबार
म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना
संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । टोलीले उक्त ट्रेडर्सबाट बिक्रीका लागि राखिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चियापत्ती, चिसो...
-
२०७६ पौष २९, मंगलबार
एघार छाउगोठ भत्काइयो
शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्नुहुँदै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब...
-
२०७६ पौष २९, मंगलबार
माघेसङ्क्रान्ति मेला शुभारम्भ
तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्वती, गलेश्वर आश्रमका उपाध्यक्ष अद्वैतानन्द गिरी, सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो...
-
२०७६ पौष २९, मंगलबार
धुर्मुस फाउण्डेसनलाई आर्थिक सहयोग
नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गर्नुभएको छ । उहाँले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गर्नुभएको हो । उहाँले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताउनुभयो । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा...
-
२०७६ पौष २९, मंगलबार
फेरिँदैछ नेपालगञ्ज विमानस्थल
गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो । विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो । तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज...
-
२०७६ पौष २९, मंगलबार
देवघाटमा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ
धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु सङ्कलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरु गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा अवस्थित पवित्र धार्मिक क्षेत्र भरतपुर नगरपालिका–१ देवघाटधाममा सुन, चाँदी, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित आठ धातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गरिने लक्ष्यलाई सहयोग पु¥याउने उदेश्यका साथ...
-
२०७६ पौष २९, मंगलबार
विद्युत् चुहावट घट्दो
विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर रु १७ करोड हुन्छ । प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ । केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ । चुहावटमा प्राविधिकतर्फ ५० र...
-
२०७६ पौष २८, सोमबार
ढाका पोशाक ः महिलाको रोजाइमा
स्वदेशी उत्पादनमा पाल्पाली ढाकाको महत्व निकै छ । विसं २०१५ देखि शुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय पहिचान बनाएको छ । शिरदेखि पाउसम्ममा विभिन्न पोसाकहरु अहिले ढाकाबाट बन्न थालेका छन् । विभिन्न डिजाइनमा समेत उपलब्ध हुन थालेपछि महिलाको विशेष रोजाइमा समेत ढाकाको कपडा पर्न थालेको छ । पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छ । मोनिका...
-
२०७६ पौष २८, सोमबार
रासस समाचार प्रभाव फिर्ता भए निमित्त प्रमुख प्रशासकीय अधिकृत
विषयगत शाखाप्रमुखहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा जनताका सेवा प्रभावित भन्ने विषयमा राष्ट्रिय समाचार समिति ९रासस०को बुलेटिनमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ । राससमा समाचार प्रकाशित भएपछि दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साविकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ...
-
२०७६ पौष २८, सोमबार
देवघाट मेलामा मांस र मदिरा निषेध
नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने...


