राष्ट्रिय
-
२०७६ माघ ७, मंगलबार
नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन
करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् । सीमानाकामा प्रहरी तथा सङ्घसंस्थाका...
-
२०७६ माघ ७, मंगलबार
१८२ जनालाई न्यानो कपडा वितरण
नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ । दिपायल सिलगढी नगरपालिका–३ को वडा कार्यालयमा सोमबार कार्यक्रम आयोजना गरी उहाँले वडा नं १, २, ३ र ४ मा रहेका १८२ वृद्ध, एकल, अपाङ्गता तथा असहायलाई न्यानो लुगा वितरण गर्नुभएको हो ।...
-
२०७६ माघ ७, मंगलबार
दुई प्रमबाट एकीकृत जाँचचौकी शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आज यहाँ एकीकृत भन्सार जाँचचौकीको स्वीच अन गरेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले काठमाडौँ र उहाँका समकक्षी मोदीले नयाँदिल्लीमा आज बिहान ११ः१५ मा रिमोट कन्ट्रोलबाट चौकीको उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत भन्सार जाँचचौकीले नेपाल र भारतबीचको व्यापार विस्तार गर्न मद्दत पुग्ने बताउँदै...
-
२०७६ माघ ७, मंगलबार
विद्यालयलाई जग्गा दान
सङ्खुवासभाको मादी नगरपालिका–८ स्थित मावादिनमा सञ्चालित सरस्वती माविलाई स्थानीय सावित्रा लिङ्थेपले आफ्ना पितृहरुको सम्झनामा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । लिङ्थेपले आफ्ना स्व सासू फिपरानी लिम्बू¸ ससुरा हस्तबहादुर लिम्बू र श्रीमान् गणेशमान लिङ्थेपको स्मरणमा छोरी तिलकुमारी लिङ्थेपका नाममा रहेको विद्यालयको सिमानासँगै जोडिएको करीब रु पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा निःशुल्क...
-
२०७६ माघ ७, मंगलबार
अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ ः अर्थमन्त्री डा खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भन्नुभयो । मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो,“अर्थतन्त्र भनेको जहिले पनि...
-
२०७६ माघ ७, मंगलबार
पनौतीमा तस्वीर प्रदर्शनी
पनौतीको इन्द्रेश्वर महादेव मन्दिर परिसरमा हिजोआज विभिन्न थरिका तस्वीरहरु देख्न पाइन्छ । जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, सुन्दर मनोरम दृश्य, वातावरण रहनसहनलगायतका विषय समेटेर करीब १६० भन्दा बढी प्रदर्शनीमा राखिएका तस्वीर अवलोकन गर्न सकिन्छ । सधैँजसो इन्द्रेश्वर महादेव मन्दिर परिसरमा रमाइरहनुभएका पनौती नगरपालिका–७ कास्थानीयवासी विशेश्वर सैँजुले सोही क्रममा राखिएका नगपालिकाभित्रका...
-
२०७६ माघ ७, मंगलबार
तान बुन्ने सीपले उद्यमी बनायो पुलामीलाई
झापाको दमक–१ घर भएकी ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग निरन्तर बढ्दै गएपछि बजार धान्न मुस्किल हुँदै गएको छ । नानीहरु स्कूल र जागिरे पति काममा गएपछि घर रुङेर समय बिताउनुभन्दा ढाकाको तान बुन्ने सीप सिकेर २० वर्षअघि स्वरोजगारमा लाग्नुभएकी उहाँ अहिले सयौँलाई रोजगारी दिने उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । “हिजो फुर्सदको समयमा शुरु गरेको व्यवसाय आज जीवन धान्ने माध्यम...
-
२०७६ माघ ७, मंगलबार
औषधि अभाव हुँदा सेवाग्राही मर्कामा
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले...
-
२०७६ माघ ७, मंगलबार
१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम
बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको हो । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरेर...
-
२०७६ माघ ७, मंगलबार
चारआली–केचना चक्रपथको काम शुरु
मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । चारआली–केचना रिङरोड नामकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग रु १२ करोड १२ लाख ९४ हजार २८१ को लागतमा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म सो सडक बन्न सकेको थिएन । देशकै होचो भूभाग कचनकवल पुग्ने सडक निर्माण शुरु भएसँगै स्थानीयवासी हर्षित छन् । सडक सञ्जालको पहुँच कचनकवलसम्म नपुग्दा...
-
२०७६ माघ ७, मंगलबार
दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हँुदै
दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र प्रहरी बल शिविर स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । यो आर्थिक वर्षभित्रै राजपुर गाउँपालिकाको वडा नं ६ को खङ्ग्रानाका, ७ को भौवानाका, भैसाही, दगमारा, खाङ्ग्रा,...
-
२०७६ माघ ६, सोमबार
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि...


