STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ ६, सोमबार

    बन्ने भो अग्यौलीमा चिस्यान केन्द्र

    नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले...

  • २०७६ माघ ६, सोमबार

    तरकारीमा आत्मनिर्भर बनाइँदै

    दार्चुलाको नौगाड गाउँपालिकाले तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको छ । गाउँपालिकाले वडा नम्बर २ दल्लेख, सुण्डमुण्डु तथा वडा नम्बर ५ को बसर क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गरी यहाँका तीन वटा बस्तीलाई तरकारी करिडोर बनाएर तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई महत्व दिएर योजना कार्यान्वयन शुरु गरेको छ ।...

  • २०७६ माघ ६, सोमबार

    एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने

    बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य,...

  • २०७६ माघ ६, सोमबार

    एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने

    बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य,...

  • २०७६ माघ ६, सोमबार

    पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

    लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को आयोजना निर्माणाधीन...

  • २०७६ माघ ६, सोमबार

    सुक्खा बन्दरगाह निर्माणको आशा फेरि पलायो

    बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह ९इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट० निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताउनुभयो । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह ९इन्ट्रिग्रेटेड कष्टम...

  • २०७६ माघ ६, सोमबार

    बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

    सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । आइतबार...

  • २०७६ माघ ६, सोमबार

    मिथिलामा ‘लाई’ को मौसम

    तिलासक्रायत पर्व मनाइएको एक साता हुनै लागे पनि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर थरौटीकी निर्मला चौधरीलाई अझै ‘लाई’ तिल, चिउरा, मुरी र जुनेलोको भुजा सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डु तराईको विशेष मिष्टान्न परिकार बटार्ने चटारोले छाडेको छैन । तिलासक्रायत माघे सङ्क्रान्ति पर्वको ‘सनेस’ कोसेली सबै ठाउँमा पठाइनसकिएको हुँदा निर्मलाको ‘लाई’ बटार्ने चटारो अझै रहेको हो । जिल्लाका थारु बस्तीमा...

  • २०७६ माघ ६, सोमबार

    रोकिँदै काठ तस्करी

    डिभिजन वन कार्यालय सुर्खेतले काठ आपूर्तिलाई सहज बनाएपछि तस्करी घट्दै गएको पाइएको छ । कार्यालयले काठ तस्करको सञ्जाल निस्तेज पार्न गस्ती बढाउनुका साथै आपूर्ति व्यवस्थापनलाई सहज बनाएपछि तस्करीमा कमी आएको हो । यसअघि डिभिजन वनले आपूर्तिको काठ उपलब्ध गराउन नसक्दा सामुदायिक वनहरुबाट तस्करले उपभोक्ताको घरघरमा चोरीको काठ ढुवानी गर्ने गरेका थिए । आपूर्ति सहज बनाएपछि कार्यालयमा उपभोक्ताको निवेदन आउने क्रम...

  • २०७६ माघ ६, सोमबार

    सफा र बुटिक विमानस्थल

    गत बिहीबार थाइल्याण्डबाट आउनुभएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेर्नुभयो । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उहाँको आँखा पुग्यो । “बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो”, उहाँले भन्नुभयो । “किन रु”, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोध्नुभयो । उहाँको जवाफ थियो, “हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरु...

  • २०७६ माघ ६, सोमबार

    तालामाराङ बजारमा आगलागी

    मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताउनुभएको छ । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिनुभयो । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी...

  • २०७६ माघ ६, सोमबार

    हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता खोजीमा कठिनाइ

    अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,...

Pages