STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ फाल्गुण ११, शनिबार

    साँखुमा चोरीका मोबाइलसहित चार पक्राउ

    महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    अज्ञात समूहले पत्रिका जलाइयो

    अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडाँै पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भन्नुभयो, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    ट्याक्टरले किच्दा बालकको मृत्यु

    सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको थियो । ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कर्जन्हास्थित...

  • २०७५ फाल्गुण ८, बुधबार

    स्वस्थानी ब्रत स्थलबाटै चन्दा बाकस गायब

    भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको प्रसिद्ध हनुमन्ते नदी किनारमा माधवनारायण ब्रत बस्नेहरुका लागि खुल्ला रुपमा चन्दा स्वरुप चन्दा बाकस राखी संकलन गरिएको दान बाकस ब्रतको अन्तिम दिन राती अज्ञात व्यक्तिले फुटाएर त्यसमा रहेको नगद चारी गरेका छन् । माधवनारायण ब्रत धलं सेवा समितिका सचिव लक्ष्मीप्रसाद रंजितले दिनु भएको जानकारी अनुसार सोमबार राती १० बजेसम्म सुरक्षित रहेको सो चन्दा बाकस रातको समयमा...

  • २०७५ फाल्गुण ८, बुधबार

    दुर्घटनामा दुई जनाको मृत्यु

    विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान...

  • २०७५ फाल्गुण ६, सोमबार

    बहुविवाह गर्ने प्रहरी खोरमा

    जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी...

  • २०७५ फाल्गुण ५, आइतबार

    सात सय वर्ष पुराना शालिग्राम चोरी

    पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् । मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् । अज्ञात समूहले मन्दिरको ढोका फुटाएर...

  • २०७५ फाल्गुण ५, आइतबार

    चट्याङ लागेर एकको मृत्यु १० घाइते

    शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ । पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    चट्याङ लागेर आमाछोरा घाइते

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रहरीविरुद्ध बलात्कारको जाहेरी

    रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय...

  • २०७५ फाल्गुण २, बिहिबार

    जन्ती बस दुर्घटनामा ५ घाइते

    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो ।

  • २०७५ फाल्गुण १, बुधबार

    सुनका गरगहना चोरी गर्ने पक्राउ

    महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले तिवारीको घरमा रङरोहन गर्न आएको बेला चोरी गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । तिवारीसँग प्रहरीले एक तोला सुनको...

Pages