STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७४ फाल्गुण ९, बुधबार

    छुरा प्रहार गर्ने दुई पक्राउ

    सुरुङ्गा, झापा, ९ फागुन (रासस) ः अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना...

  • २०७४ फाल्गुण ७, सोमबार

    जंगली हात्तीले २१ घर भत्काए

    भीमदत्तनगर,  कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ । राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पु¥याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको...

  • २०७४ फाल्गुण ६, आइतबार

    लागुऔषधसहित तीन जना पक्राउ

    राजविराज, ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान...

  • २०७४ फाल्गुण ६, आइतबार

    अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

    इनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो । इटहरी–९ स्थित बसपार्कमा युवाहरु...

  • २०७४ फाल्गुण ६, आइतबार

    चितुवाले खाएको बालकको परिवारलाई राहत

    दमौली, तनहुँ  तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ । पीडितको परिवारलाई शनिवार रु ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताउनुभयो । तत्काललाई किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो । जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले पीडितको घरमै पुगेर उक्त...

  • २०७४ फाल्गुण ६, आइतबार

    सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु

    चितवन, ६ पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको...

  • २०७४ फाल्गुण ५, शनिबार

    लगनमा आगलागी, एकको मृत्यु

    काठमाडौँ,  कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् । प्रहरीका अनुसार घरधनी सम्पर्कमा नआएका कारण के–कति क्षति भएको भन्नेबारे केही...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    वृद्धाको हत्या

    पाल्पा, ४ फागुन (रासस) ः बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ । छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीेले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७४ माघ २३, मंगलबार

    फोटोकपी गरेर बनाइएका नक्कली नोटसहित पर्सामा दुई जना पक्राउ

    दुई दिनमा लागूऔषधसहित ५ पक्राउ २३ माघ, वीरगञ्ज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४, दामनका २५ वर्षीय नारायण गुरुङ रे काँकडा गाउँपलिका–५, सिलदानीका ३१ वर्षीय कृतिबहादुर मोक्तान छन् । ‘प्रहरीलाई शंका लागेर दुवै जनाको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट नक्कली नोट फेला परेको थियो’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा...

  • २०७४ माघ १९, शुक्रबार

    वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

    सप्तरी, १९ माघ/स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन्...

  • २०७४ माघ १८, बिहिबार

    जापानमा बृद्धाश्रममा आगलागी हुँदा एघारको मृत्यु

    टोकियो, १८ माघ : उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो । उत्तरी जापानमा यतिखेर हिउँ परिरहेको छ । तर पनि आगोको मुस्लोले सो भवनलाई पूर्णरुपमा क्षति पु¥याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्रक यन्त्रले संघर्ष गरिरहेका स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको...

  • २०७४ माघ १६, मंगलबार

    भारतमा बस दुर्घटनामा परी ३६ जनाको मृत्यु

    भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । “बसले ५० जना यात्रु बोकेको थियो...

Pages