STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सतर्कता अपनाउन आग्रह

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

 बारा र पर्सामा भीषण हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले विषम परिस्थितिमा उच्च सतर्कता अपनाइ बालबालिका, प्रसूति महिला, वृद्ध, अपाङ्ग र असक्तका निमित्त आवश्यक सुविधाको सुनिश्चितता गर्दै यथाशीघ्र राहत दिन आग्रह गरेको छ ।
सञ्जालका अध्यक्ष कुमार भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा हावाहुरीकै कारण दर्जनौँ विद्यालय क्षतिग्रस्त भई सयौँ बालबालिकाको पठनपाठन अवरुद्ध भएको उल्लेख गर्दै प्रकृतिले निम्त्याएको यस जटिल परिस्थितिमा धैर्यता राखी एकापसमा सहयोग र सहकार्य गरी पीडितको उद्दार र राहतको कार्यमा स्वयंसेवकका रुपमा नागरिक तथा सङ्घ संस्था एकजुट भई खटिनका लागि सम्बन्धित सबैमा आग्रह गरिएको छ । संस्थाले थप समन्वयका लागि आफ्ना प्रदेश नं २ का संयोजकलाई जिम्मेवारी दिइएको जनाएको छ ।
Categorized in अपराध-दुर्घटना