STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७४ माघ १९, शुक्रबार

    वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

    सप्तरी, १९ माघ/स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन्...

  • २०७४ माघ १८, बिहिबार

    जापानमा बृद्धाश्रममा आगलागी हुँदा एघारको मृत्यु

    टोकियो, १८ माघ : उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो । उत्तरी जापानमा यतिखेर हिउँ परिरहेको छ । तर पनि आगोको मुस्लोले सो भवनलाई पूर्णरुपमा क्षति पु¥याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्रक यन्त्रले संघर्ष गरिरहेका स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको...

  • २०७४ माघ १६, मंगलबार

    भारतमा बस दुर्घटनामा परी ३६ जनाको मृत्यु

    भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । “बसले ५० जना यात्रु बोकेको थियो...

  • २०७४ माघ १५, सोमबार

    मच्छिन्द्रबहाल काठमाडौंमा सुरक्षागार्डको हत्या

    काठमाडौं महानगरपालिका वडानम्बर २५ मच्छिन्द्रबहालमा एक सुरक्षागार्डको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको गएराति हत्या भएको हो । तामाङ इस्टवेस्ट सेक्युरिटिजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनी ड्युटीमै रहेका बेला हत्या भएको प्रहरीले जनाएको छ । गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा तामाङलार्इ फेला...

  • २०७४ माघ १४, आइतबार

    बम आक्रमणको निन्दा

    नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त बम आक्रमणमा परी ९५ जनाको ज्यान जानुका साथैं १५८ जना घाइते भएको थियो । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै सरकारले उक्त घटनामा परी...

  • २०७४ माघ १२, शुक्रबार

    दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते

    अमेरिकाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । दक्षिण कोरियामा आगामी महिना हुन...

  • २०७४ माघ १२, शुक्रबार

    गायिका जलजला परियारको दुबै मिर्गौला बिग्रियो, सहयोग अभियान संचालन

    सुमधर स्वरकी धनी ‘नेपाली तारा सिजन ३’ बाट आफुलाई चिनाउन सफल होनहार गायिका जलजला परियारको दुईवटै मृगौलाले काम गर्न छोडेर हाल काठमाडौं महाराजगञ्जस्थित टीचिङ हस्पिटलमा उपचार गर्दै हुनुहुन्छ । गरिबी परिवारमा हुर्केकी गायिका जलजला परियारको दुईवटै मिर्गौलाको उपचारको लागि ठूलो रकमको आवश्यकता परेको पीडित परिवारबाट जानकारी दिएको छ । पीडित परिवारले गायिका जलजला परियारको उपचारको लागि सम्पूर्ण संगीतकर्मी,...

  • २०७४ माघ ९, मंगलबार

    कामपाको इन्टरनेट राख्ने कार्यमा अन्यौल

    काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ । पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । काफ्लेले भन्नुभयो “एक स्थानमा इन्टरनेट राख्नका लागि रु ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत...

Pages