STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १७, आइतबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १२४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ । तीव्ररूपमा बढिरहेको बसाइँसराइ, चेतनाको कमी र बेरोजगारीका कारण यस्तो समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरले राससलाई बताउनुभयो । “प्रहरीले लागुऔषधमा सक्रियता बढाउँदा कारोवारी र प्रयोगकर्ता देखिन छाडेका छन्”, उहाँले भन्नुभयो, “गलत धन्दाले ल्याउने परिणाम बुझ्दै गएपछि अहिले मान्छे असल पेशा व्यवसायको खोजी गर्न थालेका छन् ।” उहाँका अनुसार लागुऔषधअन्तर्गत ब्राउनसुगर ९३ ग्राम ५१० मिलिग्राम, चरेश छ किलो ३०४ ग्राम ७० मिलिग्राम, गाँजा १८१ ग्राम ५०० मिलिग्राम, नाइट्रोजन १५७ बरामद र गत फागुन ११ गते लेकबेँसी नगरपालिका–८ लामीडाँडा सुर्खेतमा एक लाख अवैध अफिमका बोट नष्ट गरिएको छ । २९ लाख राजश्व सङ्कलन प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा हालसम्म ७७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरेको थियो । त्यसक्रममा ७७ अभियुक्तले ४२ वर्ष तीन महीना १४ दिन कैद, रु २८ लाख ८३ लाख ६०६ जरिवाना तथा कैद दुवै भुक्तान गरेको प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी, प्रहरीको अवैध जुवातास रोक्ने अभियानअन्तर्गत चालू आवको फागुनसम्म १२ मुद्दा दर्ता हुँदा ८२ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका जुवाडेबाट रु १२ लाख ९८ हजार ९३३ नगद नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध नदीजन्य पदार्थ ओसारपसार विरुद्धको अभियानअन्तर्गत ७१ सवारीसाधनलाई कारवाही गर्दा स्थानीय सरकारलाई रु दुई लाख ५१ हजार ८८० राजश्व सङ्कलन भएको छ । त्यस्तै, दुई हजार १८६।८८ वर्ग फिट अवैध काठ पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाएको प्रहरीले बताएको छ ।  
Categorized in अपराध-दुर्घटना