STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ फाल्गुण १९, आइतबार

    सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो

    पोखरा सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको छ । अहिले उद्दारका लागि अहिले प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी छ ।

  • २०७५ फाल्गुण १९, आइतबार

    बलात्कार आरोपमा एक पक्राउ

    बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । गत शुक्रबार बेलुका...

  • २०७५ फाल्गुण १९, आइतबार

    श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ

     बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए । घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी...

  • २०७५ फाल्गुण १७, शुक्रबार

    सात महीनामा १५जबर्जस्ती करणीको उजुरी

      चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ । बलात्कृत हुने उमेर...

  • २०७५ फाल्गुण १६, बिहिबार

    चार विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कै

    –लक्ष्मीप्रसाद सापकोटा आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक...

  • २०७५ फाल्गुण १५, बुधबार

    एम्बुलेन्स दुर्घटना, एम्बुलेन्ससdf ;वार बिरामीको मृत्यु, दुई घाइते

    चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो । ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको...

  • २०७५ फाल्गुण १५, बुधबार

    पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

    पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले अनलाइनखबरसँग भने, ‘पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकोप्टर क्र्यास...

  • २०७५ फाल्गुण १५, बुधबार

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

    ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

  • २०७५ फाल्गुण १४, मंगलबार

    साह दम्पतीको हत्या

    खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ । साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालीम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ । सधैँ सबेरै उठ्ने गरेका साह दम्पती बिहान ८ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको...

  • २०७५ फाल्गुण १४, मंगलबार

    राँगोको आक्रमणबाट घाइतेको निधन

    राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा आज त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आउनुभएको थियो । राँगोको आक्रमणबाट निधन भएका...

  • २०७५ फाल्गुण १३, सोमबार

    पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

    आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनुभएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही...

  • २०७५ फाल्गुण ११, शनिबार

    अपाङ्गता भएकी युवती बलात्कृत

    बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक...

Pages