STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ज्वाला लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । ज्वालासहित दुईजनालाई हेटाँैडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो । ‘‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौंँ’’ उहाँले भन्नुुभयो । यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना