STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ चैत्र ६, बुधबार

    बागबजारबाट नक्कली नोट बनाएर ठगी गर्ने पक्राउ

    काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ...

  • २०७५ चैत्र ५, मंगलबार

    फरार अभियुक्त १६ वर्षपछि पक्राउ

    जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार...

  • २०७५ चैत्र ५, मंगलबार

    अवैध सुनसहित चार पक्राउ

    महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको...

  • २०७५ चैत्र ५, मंगलबार

    भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

    सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र...

  • २०७५ चैत्र ५, मंगलबार

    बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

    बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपालमा झन्डै एक हजार २९४ इँटा उद्योगमा करीब दुई लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ३२ हजारभन्दा बढी बालबालिका आफ्ना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् । अझ निर्माण क्षेत्रमा पनि व्यापक बालश्रम प्रयोग भइरहेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनु जरुरी देखिएको छ ।...

  • २०७५ चैत्र ५, मंगलबार

    निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

    कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उहाँ बर्खास्त हुनुहुन्छ । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ृण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त...

  • २०७५ चैत्र ५, मंगलबार

    व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

    सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोदेबर्साइन नगरपालिका–५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन...

  • २०७५ चैत्र ४, सोमबार

    जीर्ण भवनमा कैदीबन्दी

    बाँके जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भए पनि जिल्लामै निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । कारागार व्यवस्था विभागले बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बनाउन लागेको कारागारको १५ प्रतिशत काम मात्रै सकिएको छ । दश बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको कारागार अलपत्र परेको छ । निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणाधीन कारागार तीन...

  • २०७५ चैत्र ४, सोमबार

    सम्बन्धविच्छेदका घटना बढ्दै

    नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षका जिम्मेवारी सरेका ५२ र यस वर्ष १७३ गरी २२५ मुद्दा पुग्नसक्ने अपेक्षा थियो तर चालू आवको आठ महीनामा मात्रै २२९ मुद्दा...

  • २०७५ चैत्र ३, आइतबार

    आगलागी हुँदा छ घर जलेर नष्ट

    पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् । आगलागी भएका घरमध्ये...

  • २०७५ चैत्र ३, आइतबार

    उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी

    उदयपुर जिल्लाकोत्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण कार्य शुरु गरेको छ । सनुवा सामुदायिक वनको मोथ्याई चुरे क्षेत्रमा तीन दिनदेखि...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

    नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो । दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का विमलप्रसाद न्यौपाने र...

Pages