STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कैलालीमा शङ्कास्पद वस्तु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

बिप्लप नेतृत्वको नेकपा माओवादी समूहले गरेको बन्दका क्रममा आज कैलालीको अत्तरिया र लम्कीमा शङ्कास्पद वस्तु फेला परेपछि जनजीवन त्रसित बनेको छ । वस्तु फेला परेसँगै स्थानीयवासी पुनः हिंसा र द्वन्द्व निम्तिने अवस्था आउन सक्ने भन्दै त्रसित बनेका हुन् । फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । शङ्कास्पद वस्तु भेटिएपछि नेपाली सेनाको टोलीले निष्क्रिय पार्ने प्रयास गरेको थियो । बन्दका कारण आज शिक्षण संस्था, यातायात, उद्योग–व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ ।
Categorized in अपराध-दुर्घटना