STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबर राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो । यसैबीच पूर्वी चितवनमा गुडिरहको गाडीमा आफैँ आगलागी भएको छ । सोमबार साँझ ८।३० बजे पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० सिँचाइ गेट नजिकै भरतपुरबाट मर्मत गरी टाँडीतर्फ जाँदै गरेको ना५ख ३८६८ नंको बस गुडिरहेको अवस्थामा आफँै आगलागी भएको प्रहरी जनाएको छ । बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ ।
Categorized in अपराध-दुर्घटना