STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ चैत्र १५, शुक्रबार

    मासु पसल मापदण्डविपरीत

    छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमण भेटिएसँगै प्रायगरी बन्द जस्तै भएका मादी गाउँपालिकाका मासु पसलको अनुगमन गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासु पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुनै पनि पसल मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । बाह्र पसल अनुगमन गरिएकामा धौलागिरि फ्रेस हाउसबाहेक अन्य ११ वटा पसल मापदण्ड नै नपु¥याइ सञ्चालन गरेको पाइएको...

  • २०७५ चैत्र १५, शुक्रबार

    हतियार कारखानामा छापा

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एक थान, लामो स्प्रीङ तीन थान,...

  • २०७५ चैत्र १५, शुक्रबार

    एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने मन्त्री पोखरेल

    सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईइ० परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग ९सिआइवी०लाई दिने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले...

  • २०७५ चैत्र १५, शुक्रबार

    अख्तियारद्वारा वन कर्मचारी पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

  • २०७५ चैत्र १५, शुक्रबार

    इन्चार्जसहित दुई पक्राउ

    नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ । काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडाँै घर बताउने र हाल...

  • २०७५ चैत्र १५, शुक्रबार

    अवैध हतियार बुझाउन आनाकानी

    पर्वतमा अवैध हतियार राखेकाले सरकारी अनुरोध अटेर गरेका छन् । अवैध हतियार फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको १५ दिनसम्म पनि हतियार फिर्ता गर्न कोही आएका छैनन् । जिल्लामा हतियार फिर्ता गर्न अनुरोध गरिएपछि अहिलेसम्म हतियार फिर्ता गर्न कोही नआएको जिल्ला प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो । उहाँले अवैध हतियार फिर्ता गर्न ठाउँठाउँमा खबर गरेको बताउनुभयो । तिवारीले मातहतका प्रहरी र...

  • २०७५ चैत्र १५, शुक्रबार

    युवकको हत्या, दुई पक्राउ, एक फरार

    पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो । चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या गरेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्या भएको सूचना पाएलगत्तै प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा...

  • २०७५ चैत्र १४, बिहिबार

    सम्पदामा बाँदरको आक्रमण

    प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ । उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो । मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन्...

  • २०७५ चैत्र १४, बिहिबार

    आगलागीमा २० लाखभन्दा बढीको क्षति

    सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक...

  • २०७५ चैत्र १४, बिहिबार

    बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

    उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२...

  • २०७५ चैत्र १४, बिहिबार

    विप्लव समूहका १७ जना धरौटीमा रिहा

    राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा...

  • २०७५ चैत्र १३, बुधबार

    दुर्घटनामा तीनको मृत्यु

    सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले...

Pages