STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

घुस लिएको अभियोगमा पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 
आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ । कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले आज कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 
Categorized in अपराध-दुर्घटना