STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ चैत्र १७, आइतबार

    भारतमा पन्ध्र लाख भारु चोरेको आरोपमा एक पक्राउ

    भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । भारतस्थित नेपाली...

  • २०७५ चैत्र १७, आइतबार

    ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    शिवराज नगरपालिक–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प ६९२८ नंको मोटरसाइकलबाट मध्य राति चन्द्रौटाबाट घर फर्किने क्रममा तीव्रगतिमा रहेका थारू चेक...

  • २०७५ चैत्र १७, आइतबार

    यौनवद्र्धक औषधिसहित चार पक्राउ

    भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर...

  • २०७५ चैत्र १७, आइतबार

    मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

    बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको...

  • २०७५ चैत्र १७, आइतबार

    लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १२४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।...

  • २०७५ चैत्र १७, आइतबार

    अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ

    अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो । उनलाई अपरिचित व्यक्तिले अपहरण गरी रू २३ लाख फिरौती रकम माग गरेको भन्ने सूचनाको...

  • २०७५ चैत्र १७, आइतबार

    जीप दुर्घटनामा ६ को मृत्यु

    ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा...

  • २०७५ चैत्र १७, आइतबार

    अवैध औषधिसहित चार पक्राउ

    झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन...

  • २०७५ चैत्र १५, शुक्रबार

    नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभयो । नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक...

  • २०७५ चैत्र १५, शुक्रबार

    बन्दूकसहित पक्राउ

    दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको...

  • २०७५ चैत्र १५, शुक्रबार

    वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी

    वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च ९पिपुल फोरम० को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् । त्यसैगरी टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ । टर्कीका १८ प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् भने तेस्रो नम्बरमा रहेको कतारका ११...

  • २०७५ चैत्र १५, शुक्रबार

    मासु पसल मापदण्डविपरीत

    छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमण भेटिएसँगै प्रायगरी बन्द जस्तै भएका मादी गाउँपालिकाका मासु पसलको अनुगमन गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासु पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुनै पनि पसल मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । बाह्र पसल अनुगमन गरिएकामा धौलागिरि फ्रेस हाउसबाहेक अन्य ११ वटा पसल मापदण्ड नै नपु¥याइ सञ्चालन गरेको पाइएको...

Pages