STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आगलागीबाट सात लाखको क्षति

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ ।
 
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ । घरको चुलोमा खाना बनाएर कोइला ननिभाउँदा त्यसबाटै घरमा आगो लागेको हुनसक्ने प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । 
खाना खाएर लुहार परिवार अर्कैको घरमा सुत्न गएका रहेछन् उहाँले भन्नुभयो, “राति घरमा छिकेकीले आगो दन्केको देखेपछि उनलाई खबर गरेपछि आगो निभाउने प्रयास गरियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दुई घण्टापछि आगोमाथि नियन्त्रण कायम गर्न सकियो ।” लुहारको घर पूरै जले पनि आगोमाथि नियन्त्रण गरिँदा छिकेकीका घर भने आगलागीबाट जोगिएका छन् । 
Categorized in अपराध-दुर्घटना