STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गाँजा मुद्दाका फरार जेल चलान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो । अदालतले कारवाहीको फैसला गरे पनि ३९ वर्षीय मोक्तान फरार रहेका थिए । उनलाई राक्सिराङ गाउँपालिका–५ स्थितबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानलाई जिल्ला अदालतमा उपस्थित गराएर उक्त कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जानकारी गराएको छ ।
Categorized in अपराध-दुर्घटना