STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ चैत्र १९, मंगलबार

    सतर्कता अपनाउन आग्रह

     बारा र पर्सामा भीषण हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले विषम परिस्थितिमा उच्च सतर्कता अपनाइ बालबालिका, प्रसूति महिला, वृद्ध, अपाङ्ग र असक्तका निमित्त आवश्यक सुविधाको सुनिश्चितता गर्दै यथाशीघ्र राहत दिन आग्रह गरेको छ । सञ्जालका अध्यक्ष कुमार भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा हावाहुरीकै कारण दर्जनौँ विद्यालय क्षतिग्रस्त भई सयौँ...

  • २०७५ चैत्र १९, मंगलबार

     बोराभित्र शव लिएर हिँडेका दुई पक्राउ

     भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट आज बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।    प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् ।...

  • २०७५ चैत्र १८, सोमबार

    हावाहुरीका कारण बारामा ३१ जनाको मृत्यु , ५०० घाइते

    हिजो आईतबार साँझ आएको भिषण हावाहुरीका कारण बारामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । प्रदेश नंं २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या २८ नाघी सकेको छ । घटनामा अहिलेसम्म ५०० बढी जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् । बारामा आएको भीषण हावाहुरीबाट घाइते भएका सर्वसाधारणको उपचारमा कठिनाई आएको छ।नारायणी अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा आवश्यक परिमाणमा रगत नहुँदा...

  • २०७५ चैत्र १८, सोमबार

    गोली प्रहारबाट एकको हत्या

    कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर...

  • २०७५ चैत्र १८, सोमबार

    पत्रकार अधिकारी पक्राउ

    नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार अधिकारीसँगै अन्य दुई...

  • २०७५ चैत्र १८, सोमबार

    सवारी दुर्घटनामा एकको मृत्यु

    चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन...

  • २०७५ चैत्र १८, सोमबार

    ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु

    कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भकबहादुर थापा आज बिहान १० बजे एक्कासि सडक माथिबाट खसेको माटोसहितको ढिस्कोले लागेर घाइते हुनुभएको थियो । उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख...

  • २०७५ चैत्र १७, आइतबार

    भारतमा पन्ध्र लाख भारु चोरेको आरोपमा एक पक्राउ

    भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । भारतस्थित नेपाली...

  • २०७५ चैत्र १७, आइतबार

    ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    शिवराज नगरपालिक–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प ६९२८ नंको मोटरसाइकलबाट मध्य राति चन्द्रौटाबाट घर फर्किने क्रममा तीव्रगतिमा रहेका थारू चेक...

  • २०७५ चैत्र १७, आइतबार

    यौनवद्र्धक औषधिसहित चार पक्राउ

    भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर...

  • २०७५ चैत्र १७, आइतबार

    मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

    बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको...

  • २०७५ चैत्र १७, आइतबार

    लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १२४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।...

Pages